ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
मुख्य खबर

ओमसतिया गाउँपालिका अध्यक्ष कप–२०७९ सुरु

२ चैत्र २०७९, बिहीबार
२ चैत्र २०७९, बिहीबार

 

भैरहवा  चैत – ओमसतिया गाउँपालिकामा अध्यक्ष कप–२०७९ बुधबारबाट सुरु भएको छ । ओमसतिया गाउँपालिका क्रिकेट खेलाडीको लागि उर्बर भूमि भएको र यहाबाट नया नया खेलाडी उत्पादन गर्ने लक्ष्य सहित अध्यक्ष कप सुरु गरिएको आयोजकको भनाई छ ।
बुधबार भएको उद्घाटन खेलमा ओमसतिया–४ ले ओमसतिया–३ लाई ४ विकेटले पराजित गरेको छ । सुरुमा ब्याटिङ्ग गर्न आएको वडा नम्बर ३ ले निर्धारित १५ ओभर पुरा खेल्दै ९ विकेटको क्षतिमा १ सय २४ बनाएको थियो । उसको लागि मनिराम चौधरीले सर्वाधिक ३५ रन बनाउदा असमान चौधरीले १७ रन र धर्मेन्द्र चौधरीले १६रन बनाए ।
बलिङ्ग तर्फ ओमसतिया ४ का पिन्टु सहानीले ३ विकेट लिए । यस्तै धनन्जय धवल र अमर लिम्बुले समान २÷२ विकेट लिए ।

१ सय २५ रनको लक्ष्य सहित मैदान छिरेको वडा नम्बर ४ लाई धवल दाजुभाईले सहज जित तर्फ डो¥याएका थिए । वडा नम्बर ४ का धनन्जय धवलले अर्धशतकिय पारी खेल्दै आफ्नो टिमलाई जित दिलाए । उनले २२ बलमा ५९ रन बनाउन ७ वटा छक्का र २ वटा चौका प्रहार गरेका थिए । यस्तै सन्जय धवलले २७ रन र पिन्टु सहानीको ८ रनको सहयोगमा खेलको १३ औ ओभरमै वडा नम्बर ४ ले निर्धारित लक्ष्य भेटेको थियो ।
बलिङ्ग तर्फ वडा नम्बर ३ का दिपेन्द्र यादव, सुरेन्द्र, चन्दन र शुसिलले समान १÷१ विकेट लिएका थिए ।
द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओम सतिया गाउँपालिकाको सहयोगमा प्रतियोगिता चैत्र १ गते देखि ९ गते सम्म सञ्चालन हुनेछ । गाउँपालिकाका ६ वटै वडाका टिम र गाउँपालिकाको दुई टिम गरि प्रतियोगितामा ८ टिम रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वितिय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताए । यसको साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिए ।
भोलीको पहिलो खेल गाउँपालिकाको टिम बि र वडा नम्बर ५ तथा दोश्रो खेल गाउँपालिका टिम ए र वडा नम्बर ६ बिच हुने आयोजकले बताए ।

यस अघि प्रतियोगिताको उद्घाटनमा ओमसतियामा राष्ट्रिय स्तरका खेलाडीहरु रहेको र उनिहरुलाई नया पुस्ताले पनि पछ्याउने गरेको कारण युवा खेलाडीहरुलाई यस खेलमा उत्प्रेरित गर्न क्रिकेटको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले बताए । उनले गाउँपालिकाले क्रिकेटलाई मात्र नभई अन्य खेललाई पनि उत्तिकै सम्मान गरेको र अन्य खेलहरु पनि आयोजना गर्दै जाने बताए ।
द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताको अध्यक्षता एवम गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा नम्बर ५ का वडा अध्यक्ष एवम पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल, वडा नम्बर २ का वडा अध्यक्ष शितल जिटी, ३ का प्रकाश सिंह चौधरी, ४ का अखिलेश्वर कुमार पाण्डे, ६ का वडा अध्यक्ष शिव कुमार धवल, गाउँपालिकाका रोजगार सहायक मनोज कुमार यादव लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission