ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो
सयपत्री सेभेन ए साईड कप नकआउट फुटबल प्रतियोगिता

नया जन्म एफसी चरङेलाई उपाधि

१ चैत्र २०७९, बुधबार
१ चैत्र २०७९, बुधबार

बुटवल, १ चैत ।

बुटवलमा सम्पन्न सयपत्री सेभेन ए साईड कप नकआउट फुटबल प्रतियोगिता २०७९ को उपाधि नयाँ जन्म एफसी, चरङेले चुमेको छ । रामनगर खेलमैदान बुधबार भएको फाईनल खेलमा सिम्रिक युवा क्लब, बुटवललाई २–१ गोल अन्तरले पराजित गर्दै नयाजन्मले उपाधि चुमेको हो । उपाधिसंगै उसले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता सिम्रिक भने २५ हजार रुपैयाँ नगद सहित कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा नयाजन्मका जितेश गुरुङ सर्वोत्कृष्ट खेलाडी, नयाजन्मकै मोहन थापा आठ गोलसहित सर्वाधिक गोलकर्ता, सिम्रिकका हिमाल कार्की उत्कृष्ट गोलकिपर, सिम्रिककै निरज थापा उत्कृष्ट डिफेन्सबाट पुरस्कृत भए ।

रामनगर खेलमैदानमा भएको खेलको १० औ मिनेटमा सिम्रिकका मिलन आलेले गोल गर्दै टिमलाई खेलमा अग्रता दिलाए । नया जन्मका सुभाष तामाङले १८ औ मिनेटमा बराबरी गोल गरे । दोेस्रो हाफको ५८ औ मिनेटमा नयाजन्मका क्याप्टेन सुरज घलानले विजयी गोल गरे।

एक समारोहका बीच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बल बहादुर पुन (बलु), रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, जनप्रतिनिधि यमुना काउचा, मीन सारुले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् ।

प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले बुटवलको फुटबल विकासमा ईतिहास बोकेको सयपत्री गर्विलो क्लब भएको बताए । निजी क्षेत्रबाट फुटबल खेलाडी उत्पादनमा योगदान दिन सफल भएको रामनगर मैदान र क्लबको योगदानप्रति सरकारको उचित मूल्यांकन गर्ने उनले बताए । खेलकुद विकास गर्न ग्रास रुट लेभलमा विद्यालयस्तरबाट विकास गर्न जरुरी रहेको उनले बताए । देशमा अझै पनि ऐनकानुन, पुर्वाधार अभाव जस्ता धेरै समस्याबाट खेलकुद ग्रजिरहेको उनले दुः खेसो गरे ।

बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बल बहादुर पुन (बलु) ले स्थानीय सरकारबाट आफ्नो क्षमता अनुसार खेल विकासमा लागेको बताए । नगरमा पहिलोपटक खेलाडीहरुलाई नगदसहित सम्मानको कार्यक्रम चलाएको उनले दाबी गरे । ग्रास रुट लेभलबाट नै खेल विकासमा आफू लागेको उनले बताए ।

कार्यक्रममा क्लबका सल्लाहकार छत्र बहादुर गुरुङले एन्फाको वार्षिक तालिकामा रहेको राष्ट्रिय लिग संचालन हुन नसकेको अवस्थामा देशभरमा चल्ने प्रतियोगिताबाट खेलाडीहरुलाई अभ्यासमा सहयोग मिल्ने बताए ।

सरकारबाट खेलाडीहरुलाई प्रोत्साहन गर्न नसक्दा देशका राष्ट्रिय खेलाडी विदेश पलायनको वर्तमान अवस्था रोक्न योजना ल्याउन पर्ने सुझाव दिए । खेल पूर्वाधारको अभाव देशमा सबैभन्दा समस्याका रुपमा देखापरेको उनले बताए । क्लबका अध्यक्ष विशाल काउचा, क्लबका उपाध्यक्ष खोम बहादुर पुन, सचिव सन्तोष गुरुङले शारीरिक शिक्षा अतिरिक्त नभई अनिवार्य विषय बनाउनुपर्ने कुरालाई जोड दिनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?