© २०२३
बुटवल फागुन ।
तिलोतमा नगरपालिकाले मुख्य प्रायाजनमा मणिमुकुन्द भलिवल क्लवले आयोजना गरेको वडा स्तरीय भलिबल प्रतियोगिता को उपाधी तिलोतमा वडा नम्बबर ८ ले जितेको छ । वडा नम्बर १० र वडा नम्बर ८ बिच भएको खेलमा २५ -२७ -२३ -२५ दुई सेट जितेको वडा नम्बर ८ लाई पुन २ सेट २५–२१ २५–२३ बराउदै खेल बराबरिमा पुगेको थियो बेष्ट अफ फाईभमा खेलमा पाचौँ सेट वडा नम्बर १० लाई ११ मा रोक्दै १५ अंक बनाउदै वडा नम्बर ८ बिजेता हुन सफल भएका हो । दोस्रो वडा नम्बर १० र तेस्रो वडा नम्बर ७ ले जितेको छ । सान्तवना पुरस्कार वडा नम्बर २ ले जितेको हो ।
पुरस्कार वितरण कार्यक्रम बोल्दै तिलोतमा नगरपालिका का प्रमुख रामकृष्ण खाँडले खेलकूद को विकास गर्दा पर्यटन र देशको समेत विकास हुने बताएका थिए । उनले स्वास्थ्य मान्छे नै सबै काम गर्न सक्ने र खेलाडी हरू नै स्वास्थ्य हुने हुँदा खेल बिकासमा सबै क्षेन्र मिलेर बिकास गर्नुपर्ने बताएका थिए । उनले तिलोत्तमा नगरपालिकाले खेलकुद लाई विशेष प्रथमिकतामा राखेर काम गरिरहेको बताएका थिए ।
मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द भन्डारीले तिलोत्तमा नगरपालिका ले क्लवलाई बिश्वास गरेर खेल आयोजना गने अवसर दिएकोमा धन्यावाद दिदै अभाबका बिच भलिबल खेल आयोजना गदैआएको बताए बताए ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टरा ले खेलकुदक्षेन्रको विकास गर्न सबैक्षेन्रको भुमिका महत्वपूर्ण हुे बताएका थिए । उनले भलिबल खेलराष्ट्रिय खेल भएको कारण पनि तीनै तहका सरकारको चासो हुनुपर्ने बताए .