ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
१३ औ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९

पहिलो दिन एथ्लेटिक्सको ८ स्वर्णको टुंगो

२८ फाल्गुन २०७९, आईतवार
२८ फाल्गुन २०७९, आईतवार

बुटवल, २८ फागुन ।

१३ औ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ रुपन्देहीमा शुरु भएको छ ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा सिद्धेश्वरी स्कुल खेलमैदानमा भएको पहिलो दिनको खेलमा एथ्लेटिक्सतर्फ ८ स्वर्णको टुंगो लागेको छ । प्रतियोगितामा तालिकामा तिलोत्तमा नगरपालिका ५ स्वर्ण, २ रजत, १ कास्य पदक सहित अगाडि रहेको छ । यसैगरी बुटवल उपमहानगरपालिका ३ रजत र ३ कास्य सहित दोस्रो तथा सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिका १ स्वर्ण १ रजत र १ कास्यसहित तेस्रो स्थानमा रहेका छन् ।

एथ्लेटिक्स छात्र १५ सय मिटर दौडमा गैडहवा गाउँपालिकाका उमेश बरईले ४ मिनेट ४४.२८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण चुमेका छन् । यसैगरी तिलोत्तमाका सुजन किशन द्वितीय र बुटवल उपमहानगरपालिकाका बेल बहादुर मगर तृतीय भए । छात्रातर्फ सिद्धार्थ नगरपालिकाका कुसुम ठगुन्नाले ५ मिनेट ५२.१३ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण चुमे ।

यसैगरी छात्र १ सय मिटर दौडमा तिलोत्तमाका राजन थापाले स्वर्ण जिते । बुटवलका विकास कार्की दोस्रो र शुद्धोधनका सुरज खत्री तेस्रो भए । छात्रातर्फ तिलोत्तमाका रोजी थापाले स्वर्ण जिते । सिद्धार्थनगरकी प्रगति ज्ञवालीले दोस्रो र कन्चनकी आरती क्षेत्री तेस्रो भए । यसैगरी छात्र ४ बाई ४ सय मिटर रिलेमा तिलोत्तमाका युवराज थारु, राजन थापा, हिमाल पाण्डे र प्रविण कुँवरको टिमले स्वर्ण जितेको छ । बुटवलका दिपक बिक, दर्शन बिक, मेघराज कंडेल र सुशिल चौधरीको टिम दोस्रो भए भने सिद्धार्थनगरका राज परियार, रोशन आलेमगर, सचिन चौधरी र कमल थापाको टिम तेस्रो भए ।

छात्रातर्फ पनि तिलोत्तका रोजी थापा, रजनी थारु, रिया थापा र एलिना थारुले स्वर्ण जिते । बुटवलका कृति पराजुली, लक्ष्मी भुषाल, रक्षा थापा र अनिशा कँुवरको टिम दोस्रो भए भने सियारीका आरती केवट, पवित्रा चौधरी, स्नेहा चौधरी र दिब्या थारुको टिम तेस्रो भए ।
छात्र लङजम्पमा सियारीका विजय कुमार यादव प्रथम, तिलोत्तमाका कुलप्रसाद कँुवर दोस्रो तथा बुटवलका संगम सोमरे तेस्रो भए । छात्रातर्फ तिलोत्तमाका रजनी थारु प्रथम, सियारीका निशा चौधरी दोस्रो र बुटवलकी लक्ष्मी बलामी तेस्रो भईन् ।

एक समारोहकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले उद्घाटन गर्दै खेल पर्यटनबाट प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको बताए । प्रदेश सरकार खेल पूर्वाधार विकासमा सधै सकारात्मक रहेको दाबी गर्दै ब्यावसायिक खेलाडी उत्पादनको आधारका रुपमा रहेको विद्यालय खेलकुदमा जोड दिने बताए ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराई, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठले यो केवल प्रतियोगिता मात्र नभएर क्षमतावान खेलाडीहरुलाई सुनौलो अवसर भएको बताए ।

प्रतियोगिता ५ ईभेन्ट अन्तर्गत मार्शल आर्टको तेक्वान्दो, कराँतेका, भलिबल र कबड्डीमा, एथलेटिक्समा २२ र रिले २ स्वर्णका लागि खेलमा खेलाडीहरु प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका सदस्य आवेश पौडेलले बताए । खेल र खेलाडीको कुम्भ मेलाका रुपमा आयोजना हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनौट भएर प्रदेश हुँदै राष्ट्रपति प्रतियोगितामा भाग लिनेछन ।

मार्शल आर्टमा कराँते र तेक्वान्दो

यसैगरी मार्शल आर्ट अन्तर्गत कराँते प्रतियोगितामा बुटवलले ३ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको छ । तिलोत्तमाले १ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको छ । देवदहले १ रजत र १ कास्य जितेको छ ।

छात्र ४२ केजी तौल समूहमा तिलोत्तमाका आदित्य अर्यालले स्वर्ण जितेका छन् । बुटवलका पवन बुद्ध थापा रजत र बुटलकै सुशान्त खत्री तथा तिलोत्तमाका दिप्सन थापा कास्य पदक जितेका छन् । ४७ केजीमा बुटवलका अभिनाश जिएमले स्वर्ण जितेका छन् । देवदहका प्राईम गुरुङले रजत तथा बुटवलका सिजन गुरुङ र तिलोत्तमाका अंकित बस्नेत कास्यमा चित्त बुझाए । ५२ केजी छात्रमा बुटवलका राहुल चौधरीले स्वर्ण जिते । तिलोत्तमाका मन्दिप जिएमले जत र कंचनका कुनाल भण्डारी र रोहिणीका अमन घर्तीले कास्य जितेका छन् ।

यसैगरी तेक्वादोतर्फ छात्र ४५ केजी तौलमा सिद्धार्थनगरका मोहम्मद सोयबले स्वर्ण जितेका छन् । बुटवलका अर्जुन मगरले रजत जिते । ४८ केजी तौलमा बुटवलका सपन थापाले स्वर्ण जिते भने कंचनका सम्बिधान पुनले रजत जिते । ५१ केजी तौल समूहमा सैनामैनाका असिम पोखरेलले स्वर्ण जिते भने कंचनका सिजन थापाले रजत पदक जिते ।

छात्रातर्फ ४२ केजी तौल समूहमा बुटवलकी अनुष्का तामाङले स्वर्ण जिते । सैनामैनाकी मनिका सुनारले रजत पदक जिते । ४४ केजीमा बुटवलकी रोशनी तामाङले स्वर्ण जितिन भने कंचनका एन्जल तामाङले रजत जिते । ४६ केजी तौल समुहमा बुटवलकी रुपा बुढाथोकीले स्वर्ण जित्दै प्रदेशमा छनौट हुन सफल भईन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?