© २०२३
बुटवल, २८ फागुन ।
हेटौडामा फागुन ३० गतेबाट शुरु हुन गैरहेको अल नेपाल नोभिस बक्सिङ्ग प्रतियोगिता–२०७९ मा सहभागी हुने रुपन्देहीका खेलाडीहरुलाई आइतबार बिदाई गरिएको छ । एक समारोहका बीच रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, खेलविज्ञ टेक बहादुर थापा, रुपन्देही बक्सिङ संघका अध्यक्ष राजु गुरुङले खेलाडी, प्रशिक्षकलाई टिसर्ट र खादा सहित बिदाई गरेका हुन । प्रतियोगितामा प्रशिक्षक नेत्र थापासहित खेलाडीहरु ५१ केजी तौल समुहमा हर्षित पाण्डे, ५४ केजी तौल समूहमा अमृत ठादाराई, ५७ केजी तौल समुहमा मनसुब बस्नेत, ६३.५ केजी तौल समुहमा रन्जित राई, ६७ केजी तौल समुहमा अनुप सारु, ७१ केजी तौल समूहमा सौरव बस्नेत र ७५ केजी तौल समूहमा मनिष थापा रुपन्देहीबाट प्रतिनिधित्व गर्दैछन् ।
कार्यक्रममा संघका अध्यक्ष गुरुङले बक्सिङ खेललाई जुनियर लेभलबाट नै प्रशिक्षण गराएर नया ढंगबाट रुपन्देहीमा शुरुवात गरिएको बताए । खेल क्षेत्रमा रहेको समस्यालाई सबै सरोकारवालाहरु मिलेर समाधानमा लाग्नुपर्ने सुझाव दिदै उनले बुटवल उपमहानगर कार्यपालिकाको कार्यालयबाट खेलाडीहरुलाई प्रोत्साहन मिल्ने र पहिचान हुने गरी टिसर्ट सौजन्य भएको बताए ।