ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?
कृषिका कुरा

विदेशमोह त्यागेर गाउँमै सफल

२८ फाल्गुन २०७९, आईतवार
२८ फाल्गुन २०७९, आईतवार

रोल्पा, फाल्गुन- दौतरीको विदेश यात्राको लर्को देख्दा भानसिंह गुरुङलाई पनि बिदेश जाने रहर नचलेको हैन । कतिपटक त साथी दौतरीसंग विदेश जाने सल्लाह पनि गरे । दलालको ठगी विगविगी कारण उनले हत्तपत्त पैसा भने फसाएनन । गाउँकै धेरै दौतरी र साथीभाईहरु ठगिएको सुन्दा उनको विदेश जाने मोह क्रमशः सिथिल हुदै गयो । गाउँमै केही गर्नु पर्छ भन्ने भावनाले जित्दै लगेपछि विदेश जाने मोहमा विराम लगाउदै स्वदेशमै सफल किसान वन्ने महत्वकांक्षी योजना वनाउन लागे उनी ।
सुनछहरी गाउँपालिका वडा नं.४ स्यूरीका भानसिंह गुरुङ अहिले रोल्पाको एक अव्वल र सफल व्यवसायिक कृषकको रुपमा दहरिएका छन । मौसमी र वमौसमी सुन्तला खेती मात्रै हैन उनले सुन्तला नर्सरी समेत राखेका छन । सुन्तलाबाट वार्षिक २ लाख जती कमाई हुन्छ, नर्सरीवाट भने वर्षमा ६ लाख जती कमाउछन उनले । उन्सु,खोकु,किम्नो र स्थानीय जातको सुन्तलाको विरुवा छ उनको नर्सरीमा ।
उनको १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सुन्तला वगैचा छ । मौसमी वा वेमौसमी दुवै सिजनमा उनको वगैचामा पहेलपुर फलेका सुन्तलाले कसको मन नलोभ्याउला र ?सुन्तला गाउँमै विक्री हुन्छ, वढी भएको सुन्तला विक्री गर्न सुलिचौर सम्म जान्छन उनी । पहिले पहिले त सुन्तला वेच्न डोकोमा वोकेर जानुपथ्र्यो, अव त गाउँमै गाडी आएको छ, सुन्तला ढुवानीमा सहज भएको छ गुरुङले भने । उनी संगै थप २ जनाले रोजगारी पनि पाएका छन । कामको चाप पर्दा आवश्यकता अनुसार थप कामदार लगाउने गर्छु गुरुङले भने ।
आमदानी भएको पैसा सुन्तला विस्तारमै लगानी गर्छु गुरुङले भने । छोराछोरीलाई डिप्लोमा तहको भेटनरी पनि पढाउदैछन उनले । छोराले भेटेनरीमा डिप्लोमा सिध्यायो अव छोरीले पनि त्यही विषय पढ्ने तयारीमा छिन गुरुङले भने । परिवारमा श्रीमती छोराछोरी र वुहारी सहित ५ जनाको परिवार पाल्न गाह्रो भएको छैन गुरुङले भने । सुन्तला खेतीलाई व्यवसायीकरण गर्न उनले २ वटा मोटरवाईक पनि छन । मोटरवाईकमा प्रयोग हुने ईन्धन खर्च पनि सुन्तला खेतीवाट हुने आमदानीवाटै व्यवस्था गरेको छु गुरुङले भने ।
विरुवा भने गाउँपालिका र वडा कार्यालयहरुले खरिद गर्ने गर्दछन । जिल्ला भित्रका माडी,सुनिलस्मृती गाउँपालिका लगायत अन्य स्थानीय तहले पनि सुन्तलाको विरुवा आफ्नै नर्सरीवाट खरिद गर्ने गरेको गुरुङले सुनाए । सुनछहरी गाउँपालिका र त्यस भित्र पर्ने वडाहरुले पनि मेरो नर्सरीवाट खरिद गरेर किसानहरुलाई सुन्तलाको विरुवा वितरण गर्छन गुरुङले भने ।
नर्सरी स्थापना गर्न संघीय सरकारले उनलाई २ लाख अनुदान पनि दियो । किसानको नाममा नक्कली किसानले अनुदान दुरुपयोग गरेको प्रति गुरुङलाई चित्त वुझेको छैन । जुन कामका लागी भनेर अनुदान आउछ त्यसैमा खर्च गर्नुपर्छ भन्ने मेरो मान्यता हो, मैले पाएको अनुदान मध्ये सतप्रतिशत रकम सुन्तला खेतीमै लगानी गरेको हुँ गुरुङले भने ।
उनको गाउँलाई सुनछहरी गाउँपालिकाले सुन्तलाको पकेट क्षेत्र वनाएको छ । पकेट क्षेत्र भनिएपनि किसानलाई प्राविधिक सहयोग छैन गुरुङले भने । वडाले केही सुन्तलाका विरुवा वितरण गर्ने वाहेक गाउँपालिकावाट कुनै सहयोग पाएका छैनौ गुरुङले भने । सिजनमा सवैका वगैचामा सुन्तला हुने भएकाले वजारीकरणमा समस्या हुन्छ । सुन्तला भण्डारणका लागी कोल्ड स्टोर नहुदा परम्परागत रुपमा वावु वाजेले प्रयोग गर्दै आएको खाडलमा भण्डारण गर्छौ, उचित तापक्रम मिलाउन नसके सुन्तला खाडलमै कुहिने समस्या हुन्छ गुरुङले भने । गाउँपालिकाले कोल्ड स्टोर वनाउन सहयोग गरे सुन्तला व्यवसायलाई थप प्रवद्र्धन र व्यवसायीकरण गर्न मद्धत मिल्ने थियो गुरुङले भने ।
उनले २०५३ सालदेखी सुरु गरेको सुन्तला खेती २०७२ सालदेखी व्यवसायीक ढंगले अगाडी वढाए । रोल्पाको दुर्गम मानिने सुनछहरी गाउँपालिकाको स्युरीमा रहेको उनको सुन्तला वगैचा र नर्सरीले धेरैलाई लोभ्याउने गरेको छ । ईच्छाशक्ति भए सेवा सुविधाको पहुँच नभएका दुर्गम ठाउँहरुमा समेत कृषिलाई व्यवसायिकरण गर्न सकिने गतिलो उदाहरण वनेका छन गुरुङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission