ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
स्थानीय खबर

महलपोखरीका प्रेरणाका पात्र

मित्रबहादुर हिस्किमगर यसै गाउँका एउटा प्रतिनिधि पात्र हुन् । खिरिलो शरीर र हँसिलो अनुहारका मित्रबहादुरले भरखरै आफ्नो ४१ औं जन्मदिवश मनाए । तर अनेकौं दुःख र हण्डरहरुले थिलथिलो पारेको कारण उनको अनुहारमा बुढ्यौलीका गहिरा रेखाहरु यत्रतत्र देखिन्छन् ।
२७ फाल्गुन २०७९, शनिबार
२७ फाल्गुन २०७९, शनिबार

नवलपरासी- पश्चिम नवलपरासीको सुनवल बजारबाट मोटरको कच्चिबाटो हुँदै दुई घण्टा उकालो लागेपछि करिब ७०० मीटरको उचाईमा अम्रिसै अम्रिसाको झाडी बीच एउटा मगर गाँउमा पुगिन्छ । हो,त्यै गाँउको नाम नै महलपोखरी हो । गाँउको बीचमा एउटा ऐतिहासिक पोखरी छ,जसलाई महलपोखरी भनिन्छ । गाँउको नाम त्यै पोखरीको नामको आधारमा रहेको हो । यो गाँउ सुनवल नगरपालिकाको वडा नं.४ मा पर्दछ ।

यो पोखरीको विशेषता नै बर्षातमा पानीले भरिने र हिउँदमा सुक्ने हो । हिउँदमा चाहिँ गाँउलेहरु मिलेर पोखरीमा खेतीपाती गर्छन् । गाँउको उत्तरपश्चिम तर्फको अग्लो थुम्कीमा एउटा ऐतिहासिक देवी मन्दिर छ । प्राकृतिक सौन्दर्यता र मगर संस्कृतीको कारणले गर्दा पनि यो गाँउले बिषेश महत्व बोकेको छ ।
यो गाँउमा मात्रै दश थरीका मगरहरु बसोबास गर्छन् । सुनवल बजारसँग नजिक भएर पनि यो गाँउमा अझैसम्म पनि मोटरको पक्की बाटो पुगेको छैन न त खाने पानीको राम्रो सुविधा छ । टेलिफोन भन्नु मात्रै आकलझुकल चल्ने गर्छ । शिक्षाको लागि गाँउमा एउटा आधारभूत स्कुल जेनतेन चलिरहेकोछ ।
मित्रबहादुर हिस्किमगर यसै गाउँका एउटा प्रतिनिधि पात्र हुन् । खिरिलो शरीर र हँसिलो अनुहारका मित्रबहादुरले भरखरै आफ्नो ४१ औं जन्मदिवश मनाए । तर अनेकौं दुःख र हण्डरहरुले थिलथिलो पारेको कारण उनको अनुहारमा बुढ्यौलीका गहिरा रेखाहरु यत्रतत्र देखिन्छन् । उनका “बा” ले तीनवटा श्रीमतीहरु बिहे गरे । तीन नालका भाई बैनीहरुको संख्या नै ठूलो । ती सबैको लालनपाललनमा नै धौ भयो उनका बाआमाहरुलाई । रातोदिन काम गर्दा पनि सधैं हातमुख जोर्न नै मुस्किल । यस्तो अवस्थामा कसरी पढ्ने ? मित्र बहादुरले धोको पुर्याएर पढ्नै पाएनन् । उनले जसोतसो एसएलसीसम्मको अध्यायन पुरा गरे ।

गाँउमा चाँडो बिहे गर्ने चलन । मित्रबहादुर पनि १८,१९ बर्ष पनि नपुग्दै बिहेको फन्दामा परिहाले । बिहे गरेपछि एक अर्को गर्दै तीनवटा छोराछोरीहरु जन्मिए । अनि त उनी घर व्यवहार मै चुर्लुम्मै डुबे । उनी हाँस्दै भन्छन् “म त उमेर नपुग्दै बुढीएको मान्छे, छोराछोरीहरु जन्मिए पछि उनीहरु कै लालनपालनमा लाग्दा मैले आफ्ना उमेरका रहरहरु भन्न नै भ््याईन ।” उनको गाँउमा सानै उमेरमा बिहे गर्ने चलन अझैसम्म पनि केही हदसम्म यथावतै छ । मित्रबहादुर भन्छन्–सानो उमेरमा बिहे गर्नु हुदैन भनेर अभियान त चलाईएको छ, तर पूर्ण रुपले रोकथाम हुन सकेको छैन ।
मित्रबहादुरले जीवनमा धेरै दुःख भोगे । तर,हरेस भने उनले कहिल्यै खान जानेन् । जीवनका यस्तै दुःखले उनी झन् आटिलो र पौरखी बनेका छन् । उनकि पहिलो श्रीमती सुत्केरी बेथाले नै बितिन् । न गाउँमा कुनै राम्रो हेल्थपोष्ट न त सुनवलसम्म पुग्ने राम्रो बाटो र एम्बुलेन्सको व्यवस्था । अकाल मै श्रीमतीको ज्यान गए जस्तो लाग्छ उनलाई । यो कुराले आज पनि उनको मन भक्कानिएर आउँछ । दैवको लेखा टारेर नटर्ने उनले यसै भनेर चित्त बुझाउँने गरेकाछन् ।

उनी भन्छन्, गाँउसम्म पक्कि सडक र एउटा राम्रो हेल्थपोष्ट हुने हो भने कति जाती हुन्थ्यो होला ? यसो हुन सके कति दिदी बहिनीहरुको उद्दार गर्न सकिन्थ्यो ? फेरी उनी आफै प्रश्न गर्छन् “किन सम्बन्धीत निकायहरुले यस्तो जनसरोकारका संवेदनशील बिषयहरुमा पनि ध्यान दिदैनन् ?”
आजभोली उनी दोस्री श्रीमती र चारजना छोराछोरीहरुसँग जीवनको ढुंगा खियाईरहेका छन् । छोराछोरीहरुलाई बनीबुतो गरेरै भए पनि सुनवल बजारमा राखेर पढाएका छन् । आफूले पुरा गर्न नपाएको पढ्ने धोको छोराछोरीहरुलाई पढाएर पुरा गर्ने जमर्को गर्दैछन् ।
घरको सामान्य खेती किसानी र ज्याला मजदुरीको आम्दानीले छोराछोरीहरुको लालनपालन, पढाई र घर खर्च धान्न नै हम्मे पर्यो । जीवन अति कष्टकर भएपछि ,दुई चार पैसा कमाउन उनी पनि साथीहरुसँगै मलेसियाको रोजगारमा हानिए । दुई पटक गरेर करिब सात बर्ष मलेसियाको सकस झेले । सात बर्ष जति अघि दोस्रो पटक घर बिदामा नेपाल फर्केपछि भने उनको मन फेरियो । त्यपछि उनी पुनःमलेसिया फर्केनन् । उनले गाँउ मै बस्ने निधो गरे । आफ्नै माटोमा पसिना बगाउने र हड्डी घोट्ने संकल्प गरे । यस संकल्पले आज उनको जीवन दिशा नै बदलिएको छ ।

उनले फेरी गोठमा हलगोरु बाँधेका छन् । खोरहरु बाख्रा बंगुर, कुखुरा,हाँसहरुले भरेका छन् । घरका र गोठका टुडाँलहरुमा लहरै मौरीका घारहरु झुण्डिएका छन् । घर वरिपरिका पाखामा तथा वन बुट्यानहरुसँगै अम्रिसो,बाँस र भुई कटरहरु लगाएका छन् । बाँस र अम्रिसो लगाउन र संरक्षण गर्न गाँउलेहरुसँग मिलेर अभियान चलाउदै आएका पनि छन् । परिणामः आज अम्रिसो,बाँस र बाख्रा पालन गाँउको लागि राम्रो आम्दानीको स्रोत बन्नपुगेको छ ।

“मिहेनतले गाउँमै सुन फल्छ ” भन्ने कथनलाई मित्रबहादुर आज आफ्नै गाँउमा सार्थक गरेर देखाएका छन् । जतातै गाँउका भिरपाखाभरि अम्रिसो र बाँस लगाइएको छ । बर्षमा हजारौं कुुईन्टल अम्रिसोकोे कुचाहरु गाँउमा गरीन्छ । उत्पादन गरीएका अम्रिसोको कुचाहरु भारतसम्म बिक्रि हुन्छ । गाँउमा अम्रिसोवाट नै वर्षमा एक लाख देखि चारलाख रुपैंया कमाउने किसानहरु छन् । बाँसको तामा अर्को आम्दानीको स्रोत हो गाँउकोे । असार देखि असोजसम्म तामा संकलन र विक्रिवितरणको काम हुन्छ । यहाँको तामा काठमाण्डौसम्म पुग्छ । गाँउलेहरुले तामा र अम्रिसोको अतिरिक्त बाखा, वंगुर, कुखुरा,मौरी पालेर अर्थिक आम्दानी गर्ने गरेकाछन् । आफ्नो गर्जो टार्दै आएका छन् ।
हरेक दिन बिहान चारै बजे उठेर घरको धन्दा सुरु गर्छन्, मित्रबहादुरका दम्पती । यी दुई दम्पतीको जागर देखेर गाउँलेहरु नै अचम्म पर्र्दछन् । गाँउका अरु मान्छेहरु विहान हल्लिदै चिया पसलमा आईपुग्दा, मित्रबहादुरको घरको आँगनमा भने घाँस र दाउराका भारीहरु आइपुग्छन् । परिश्रमी र मिजासिला मित्रबहादुर आज गाँउको नै सारथी बनेका छन् । दुःख सुखका साथी भएकाछन् ।
मित्रबहादुरको आजको परिचय उनको आफ्नै कर्मको प्रतिफल हो । उनी धेरै पटक लडेर उठेका छन् । धेरै पटक रोएर हाँसेका छन् । तब त हावाहुरीले ढाल्न नसक्ने जब्बर सत्तिस साल जस्तै ठिङ्ग उभिने हिम्मत गर्दै आएका छन् ।

आजभोली मित्रबहादुरलाई आफ्नो गाँउको एकीकृत अर्थिका विकास गर्ने थामि नसक्नुको हुटहुटी जागेको छ । गाँउको विकास र आर्थिक शशक्तिकरणको लागि होमस्टे व्यवसाय नै उपयुक्त माध्यम हो भन्ने कुराको निक्र्यौलमा उनी पुगेका छन् । अनि त मित्रबहादुरले आफ्नै अगुवाईमा बिगत दुई बर्ष देखि महलपोखरी सामुदायिक होमस्ट संचालनमा ल्याइएका छन् । सुरुमा सात घरपरिवारहरु मिलेर व्यवस्थापन गरीएको भए पनि अब अरु गाँउलेहरुको संलग्नता पनि बढ्दै गएको छ । हामेस्टेले मगर जातिको सामाजिक,साँस्कृति सम्पदाको संरक्षणमा सहयोग गर्नुका साथै विकास निर्माण र पर्यापर्यटनको प्रबर्धन गरी गाँउलेहरुलाई आर्थिक रुपमा सवल बनाउन सक्छ, भन्ने सोच मित्रबहादुरले राख्दै आएकाछन् । मित्रबहादुरको होमस्टे अभियानलाई सुनवल नगर पालिका, प्रदेश सरकारको समेत सहयोग गर्दै आएको छ ।
गाँउको शिरमा अवस्थित ऐतिहासिक एवं सँस्कृतिक महत्वको भगवती मन्दिरको पुनःनिर्माण गरी मगर जातिको सामाजिक साँस्कृति सम्पदाहरुको प्रचार प्रसार गर्न सके यस क्षेत्रमा पर्यटकहरुको आगमन बढ्ने र होमस्टे व्यवसाय पनि फष्टाउने कुरामा मित्र बहादुर दृढ छन् ।
गाँउलेहरुको निम्न अर्थिक अवस्था र व्यावसायिक दक्षताको कमीका कारण होमस्टे व्यवसायलाई गुणस्तरी तरिकाले व्यवस्थापन गर्न सहज छैन भन्ने कुरा मित्रबहदुरले राम्रै गरी बुझेका छन् । तसर्थ, सहयोगको लागि उनले सुनवल नगरपालिकासँग समन्वय र सहकार्य गरेका पनि छन् । नगर प्रमुख श्री विमला अर्यालले होमस्टे अवलोकन गरेर र सहयोग गर्ने वचन दिएपछि भने महलपोखरी बासी खुसि भएका छन् । स्मरणीय के छ भने स्थानीय सरकार कै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको महलपोखरी सामुदायिक होमस्टेको सामुदायिक भवन संचालनमा आइ पनि सकेको छ ।

परिश्रम र पसिनामा विश्वास गर्ने मित्रबहादुर सबैका लागि प्रेरणा पात्र हुन् । नेपाली समाजका अमूल्य निधि हुन् । मित्रबहादुरले जीवनमा अनगन्ती दुःख झेलेका छन् । विदेशका गल्लीहरुमा धेरै ठक्कर र हण्डर खाएका छन् । तर पनि आज उनी समाज विकासका लागि सत्तिस साल जस्तै उभिएका छन् । जीवनका भोगाईहरुले आज उनलाई एउटा परिपक्क सामाजिक अभियन्ता बनाएको छ । परिचय दिलाएको छ । कामना गरौें, सबैको सहयोग र सहकार्यले महलपोखरी गाँउलाई संमृद्ध बनाउने मित्रबहादुरको सपना अवश्य साकार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?