Butwal Today
प्रथम दोभान फाइभ ए साईड फुटबल प्रतियोगिता २०७९

न्यु युथलाई उपाधि, एमएफसी उपविजेता

२१ फाल्गुन २०७९, आइतबार
अ+
अ-

बुटवल, २१ फागुन ।

पाल्पाको दोभानमा सम्पन्न प्रथम दोभान फाईभ ए साईड फुटबल प्रतियोगिता २०७९ को उपाधि न्यु युथ युनियन तानसेनले चुमेको छ । दोभान फुटबल मैदानमा आईतबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा मर्निङ फुटसल क्लब (एमएफसी) लाई १–० गोल अन्तरले पराजित गर्दै न्यु युथ युनियन तानसेनले उपाधि चुमेको हो ।

उपाधिसंगै युनियनले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेतामा एमएफसी नगद १२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा एमएफसीका गोलकिपर अभिनव सेन्चुरी उत्कृष्ट किपर तथा युनियनका सुस्मित केसी उत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।

एक समारोहका बीच तिनाउ गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेश श्रेष्ठ, क्लबका अध्यक्ष सन्दिप शेरचन, संयोजक सुनिल श्रेष्ठले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । फागुन १९ देखि ३ दिनसम्म चलेको प्रतियोगितामा रुपन्देही, पाल्पाका २८ टिमले प्रतिष्पर्धा गरेका छन ।