Butwal Today

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीपछि पीएनजीविरुद्ध नेपालको जीत

१९ फाल्गुन २०७९, शुक्रबार
अ+
अ-

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय श्रृंखलाअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले पपुआ न्युगिनी (पीएनजी) लाई हराएको छ ।

स्पिनर सन्दीप लामिछानेले ब्याटिङमा आशिबलियोसाथ दिँदा नेपालले विश्वकप छनौटको सम्भावना जिवितै राखेको छ। आईसीसी लिग २ मा शुक्रबार नामिवियालाई ३ विकेटले पराजित गरेको हो।  ओपनर आसिफ शेखले नेपालका लागि नटआउट ८६ र सन्दीपले ३५ रन बनाए।

विश्वकप छनौटमा पुग्न नेपालले बाँकी सबै खेल जित्नै पर्ने दबाब छ। ९ औं क्रममा आएका सन्दीपले ओपनर आशिफलाई बलियो साथ दिँदा नेपालको जित सम्भव भएको हो।

७ विकेट गुमेपछि क्रिजमा आएका सन्दीपले आशिफसँग रनको पार्टनरसिफ गरे।

नेपालका लागि कुशल मल्लले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?