ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

तेक्वान्दोका खेलकुद सामग्री वितरण

१४ फाल्गुन २०७९, आईतवार
१४ फाल्गुन २०७९, आईतवार

बुटवल, १४ फागुन ।

बुटवल उपमहानगरपालिका वडा नं. ३ को वडा कार्यालयबाट आरके तेक्वान्दो एकेडेमीलाई खेलकुद सामग्री वितरण गरिएको छ । आईतबार एक समारोहका बीच वडाअध्यक्ष विष्णु ढकाल, वडा सदस्य हरिनारायण मिश्र, पवित्रा देवि श्रेष्ठ, रतिमाला बिक, वडा सचिव संगिता घिमिरे, तिनाउ एकता टोल संस्थाका अध्यक्ष जगत बहादुर श्रेष्ठले सामूहिक रुपमा एकेडेमीका अध्यक्ष राजकुमार पाण्डेलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।

खेल र खेलाडीलाई प्रोत्साहन हुने गरी करीब ३० हजार रुपैयाँ बराबरको चेस्ट प्याड, हेल्मेट, लेगगार्ड, हेण्ड ग्लब्स, कोन लगायत तेक्वान्दो सामग्रीहरु वितरण गरिएको वडा अध्यक्ष विष्णु ढकालले बताए । युवा तथा बालबालिका खेलकुद सामग्री शिर्षकबाट बजेट बिनियोजन गरी वडास्तरमा खेलकुद विकासको लागि वार्षिक योजना बनाएर अघि बढेको बताए । लामो समयदेखि अलपत्र रहेको बुटवल बहुमुखी क्याम्पसको खेलमैदान मर्मत गर्न समिति गठन प्रक्रियामा रहेको र ३ लाख रुपैया बजेट बिनियोजन भएको उनले बताए । कार्यपालिका बैठकबाट बजेट बिनियोजन भएको छ ।

यो मैदान निर्माण भएसंगै वडा नं. ३, ४, ५ र ६ का खेलाडीहरुलाई उपयोग हुने उनले बताए । जनसहभागिता सहितको योजना अघि बढाईएको उनले बताए । यसैगरी यो वर्षबाट वडा अध्यक्ष कप प्रतियोगिता आयोजना गर्न १ लाख ८० हजार रुपैयाँ तथा खेलाडी सम्मानका लागि वार्षिक १ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको उनले बताए । १२ वटा टोल सहित जनप्रतिनिधिलाई समेटेर वडाकप प्रतियोगिता गर्ने तयारीमा रहेको उनले बताए । खेल सामग्रीका लागि बर्सेनि ७५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गर्दै आएको उनले बताए । खेलमार्फत आफनो ठाउको पहिचान दिलाउने खेलाडीलाई सम्मान गरि प्रोत्साहित गर्ने कामलाई समेत अघि बढाएको उनले बताए ।

बुटवल उपमहानगरपालिकाभित्रका नीजि तथा सामुदायिक विद्यालयहरुमा तेक्वान्दो खेल विकास गर्ने लक्ष्यसहित अघि बढेको एकेडेमीका अध्यक्ष राजकुमार पाण्डेले बताए । सामुदायिक विद्यालयहरुमा निःशुल्क तेक्वान्दो प्रशिक्षण गराउने लक्ष्यसहित अघि बढेको एकेडेमीका राजकुमार पाण्डेले बताए । युवाहरुलाई कुलतमा लाग्नबाट बचाउदै खेलकुदमा आवद्घ गराउने लक्ष्यसहित लागेको उनले बताए । खेल मैदानको अभावलाई समेत सम्बोधन हुनेमा आशावादी रहेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?