© २०२३
बुटवल, १३ फागुन ।
सिद्धेश्वर खेलमैदानमा फागुन १३, १४ र १६ गते गर्ने भनि तयारी भएको जिल्लास्तरीय १३ औ राष्ट्रपति छनौट प्रतियोगिता स्थगित भएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको कार्यालयले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी प्रतियोगिता अर्को सुचना जारी हुदासम्मलाई स्थगित गरिएको समितिका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री ( हरी) ले विज्ञप्तीमा भनिएको छ । रुपन्देहीका १६ पालिकाहरुमध्ये केवल १० पालिकाहरुले भाग लिएको र तोकिएको समयमा खेलाडीहरुको नाम विवरण पेश नगरेको कारण प्रतियोगिता गर्न असमर्थ भएको उनले बताए ।
प्रतियोगितामा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सास्कृतिक नपा, सिद्धार्थनगर नपा, सैनामैना नपा, सियारी गापा, सुद्धोधन गापा, रोहिणी गापा, कञ्चन गापा र गैडहवा गापाले सहभागीता जनाएको उनले बताए । देवदह नपा, मायादेवी गापा, कोटहीमाई गापा, ओमसतिया गापा, मर्चवार गापा र सम्मरीमाई गापाले विविध कारण देखाउदै सहभागी नभएको विज्ञप्तीमा उल्लेख छ । यसैगरि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नपा र सियारी गापाले समयमा नै विवरण पेश गरेको भएपनि अझै बाकी ६ पालिकाहरु विवरण पेश गर्न नआएको विज्ञप्तीमा उल्लेख छ । संघिय सरकारले छनौट खेलका लागि डिभिजन कार्यालयमार्फत जिल्लालाई ३ देखि ५ लाख रुपैया विनियोजन भएको छ ।