ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
दिल्लीदेखि काठमाडौ ६ दिने साईकल यात्राका यात्री बुटवलमा

सिटुसी साईकल यात्री भन्छन–‘नेपालप्रतिको भ्रम चिर्न सफल भयौं’

१२ फाल्गुन २०७९, शुक्रबार
१२ फाल्गुन २०७९, शुक्रबार

बुटवल, ११ फागुन ।

भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौसम्म (सिटुसि) को यात्रामा निस्केका साइकलयात्रीहरुलाई बिहिबार बुटवलमा भब्य स्वागत गरिएको छ । दुई देश बीचको आपसी भाइचारा र आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यसहित ६ दिनमा भारतको राजधानीदेखि नेपालको राजधानीसम्मको १ हजार ४४ किलोमिटर साईकल यात्रा पुरा गर्ने लक्ष्यसहित हिडेको टोली विहिबार साँझ अबेर बुटवल आएका हुन् । बनबासा नाका हँुदै नेपाल प्रवेश गरेका उनीहरु मंगलबार कैलालीको चिसापानीमा बास बसेका थिए । बुधबार दाङको लमहीमा बास बसे । विहिबार बिहान दाङको लमहीबाट हिडेको साईकल यात्रीहरु साँझ बुटवल आईपुगेका हुन् । यात्रालाई पथिल ट्राभल र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले सहयोग गरेको छ । २० फेबअरीमा दिल्लीस्थित इन्डिया गेटबाट सुरु भएको साइकल यात्रा २५ फेबअरीमा नेपालको राजधानी काठमाडौ पुग्ने लक्ष्य रहेको छ ।

बुटवलमा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक महेन्द्र न्यौपाने र म्यानेजर केशव बश्याल, रुपन्देही जिल्ला लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारीले उनीहरुलाई खादा र फुलमालाले स्वागत गरिने उनले बताए ।

त्यस अवसरमा बोल्दै भ्रमणको आयोजक द पेडलर्स का रभिन्दर सिह ओभरायले दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन साइकलयात्रा शुरु गरिएको बताए । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक महेन्द्र न्यौपानेले साईकल यात्रीहरुलाई स्वागत गर्दै पर्यटन विकासको आधारको रुपमा यो कार्यक्रम उत्कृष्ट भएको बताए ।

पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम कसरी हुन्छ भन्ने शुरुवातमा धेरै चिन्ता भएको आसिफ मल्वसीले बताए । एउटा देशबाट अर्को देशमा जाँदा बाटाको अवस्था र मानिसहरुको सोचबारे धेरै भ्रम चिर्न सफल भएको उनले बताए । नेपालको सिमानाबाट भित्रिएसंगै यहाँको स्वागतले हामीलाई धेरै प्रफुल्लित बनाएको उनले बताए । धेरै राईडहरु गरेको भएपनि यो राईडमा धेरै राम्रो भएको उनले बताए । हामीहरु जसरी नै
तपाईहरु पनि साईकल चलाएर भारत आउनुस भनेर उनले निम्तो समेत दिए ।

यसैगरी अर्को राईडर डाक्टर मुस्तफाले आफु चार दिनदेखि साईकल चलाउँदा पनि कुनै थकान नआएको बताए । स्वस्थ्य नै धन भएको उनले बताए । खाना फाल्न हुदैन भन्ने अभियानसमेत यसमा चलाउदै आएको उनले बताए । थोरैथोरै सहयोग समेत गर्दै आएको उनले बताए । नेपाल भारत बीचमा रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउने माध्यम साईकल बन्न सक्ने उनले दाबी गरे । नेपालको विकासमा भारतले निरन्तर सहयोग गर्दै आएको र त्यसलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।

जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले नेपाल प्रकृतिमा नै धनी देश नेपालको आर्थिक समृद्धिको एउटा महत्वपूर्ण पाटोका रुपमा रहेका पर्यटनलाई साईकल अभियानमा जोड्नुपर्ने सुझाव दिए । आयोजक टिमका जसप्रीत सिहका अनुसार यो साइकल यात्रामा भारतका विभिन्न सहरबाट सहभागी मध्ये एम्बेसडरका रुपमा कनवर गिल सहभागी छन् भने अन्य सहभागीमा मेघा जैन, विनिता शर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल, आसिफ मल्वासी, रबिन्दर कुमार सिह छन् । दुई अफिसियल सहित ९ जनाको टिम शुक्रबार बिहान ६ बजे चुम्लिन्टार बास बस्ने गरी हिंडेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?