ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
पाँचौ खड्ग प्रसाद गौचन स्मृति यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९

धनगढीलाई यु–१९ क्रिकेटको उपाधि

११ फाल्गुन २०७९, बिहीबार
११ फाल्गुन २०७९, बिहीबार

बुटवल, ११ फागुन ।

पाँचौ खड्ग प्रसाद गौचन स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को उपाधि धनगढी क्रिकेट एकेडेमीले चुमेको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा विहिबार भएको फाईनल खेलमा धनगढीले सिईसी, काठमाडौमाथि २ विकेटले जित निकाल्दै उपाधि हात पारेको हो । उपाधिसंगै धनगढी नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । सिईसी भने नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा धनगढीका सौर्य श्रेष्ठ म्यान अफ द सिरिज बन्दै नगद ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । श्रेष्ठ उत्कृष्ट बलर समेत घोषित भए । धनगढीका निशान्त रेग्मी उत्कृष्ट ब्याट्सम्यान, ईमेर्जिङ प्लेयर्सबाट न्यु होराईजनका सुमन खनाल घोषित हुँदै नगद ३ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए ।

सिद्धार्थनगर क्रिकेट रंगशालामा भएको फाईनल खेलमा टस जितेर धनगढीले सिईसीलाई ब्याटिङको निम्तो दिएको थियो । सिईसीले ३९.२ ओभरमा सबै बिकेट गुमाएर १ सय ४९ रनको लक्ष्य खडा गरेको थियो । सिईसीका लागि स्मिथ बुढाले ७७ बलमा ४६, उमकार यादवले ४२ बलमा २५ तथा सिद्धार्थ साउदले ३३ बलमा २० रनको योगदान दिए ।

धनगढीका निशान्त रेग्मीले ६ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । यसैगरि सचिन साउद र निरज एैरले समान २–२ विकेट लिए । मध्यम स्कार पछ्याएको धनगढी ३१ ओभरमा ८ विकेटको नोक्सानीमा जित हासिल गर्यो। धनगढीका निरज एैरले ३५ बलमा नटआउट ३९ तथा रबिन्द्र कुवरले ४९ बलमा ३० रनको योगदान दिए । सिईसिका करण घर्ती मगर, ओमकार यादव र सौर्य श्रेष्ठले समान २–२ विकेट लिए । खेलमा म्यान अफ दि म्याच निरज एैरबाट पुरस्कृत भए ।

एक समारोहका बीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव, गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, सदस्य गुन्जा चौधरी, शक्ति गौचनका मुमा रामकुमारी गौचन, बलियो नेपालमा सिईओ अतुल उपाध्याय, रुपन्देही क्रिकेट संघका पुर्व अध्यक्ष प्रेम सेन्चुरी, क्यानका केन्द्रीय सदस्य धर्मराज गिरी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, सचिव सन्जय गुरुङ, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य आदित्य पाण्डे, स्टार क्रिकेट एकेडेमीका डाईरेक्टर कविता गौचन विजेता, उपविजेता खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् ।

कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले खेलकुद विकासमा आफू निरन्तर लाग्ने बताए । पालिकाबाट वार्षिक कार्ययोजना बनाएर खेल पूर्वाधार विकास र खेलाडीको विकासमा लगानी गर्दै आएको उनले बताए । पालिकामा एउटा रंगशाला निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।

कार्यक्रममा बलियो नेपालमा सिईओ अतुल उपाध्यायले खेलाडीहरुमा पोषणको माध्यमबाट फिट र खेलकुदमा अघि बढाउने लक्ष्यसहित संस्थागत रुपमा कार्यक्रम ल्याएको बताए । नेपालको क्रिकेट लथालिङ्ग भएको अवस्थामा रहेको भन्दै यसलाई बनाउने जिम्मा समग्र क्रिकेट प्रेमीहरुसंगै राजनीतिक दल, ब्यापारीक संस्थाहरुको समेत रहेको उनले बताए । एकेडेमीस्तरको बलियो नेपाल कप तेस्रो कपको तयारी समेत रहेको उनले बताए ।

रुपन्देही क्रिकेट संघको क्यालेन्डरमा राखेर संचालन गर्न सके धेरै राम्रो हुने उनले बताए । पहिलो चरणको लिग र सेमिफाइनल खेलहरु देवदह क्रिकेट मैदानमा खेलाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?