ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

राष्ट्रिय लनटेनिसः उत्कृष्ट लयमा प्रदिप

१० फाल्गुन २०७९, बुधबार
१० फाल्गुन २०७९, बुधबार

बुटवल, १० फागुन ।

नेपाल लनटेनिसमा १ नम्बर वरियतामा रहेका प्रदिप खड्काले बुटवलमा उपाधि चुम्दै आफनो प्रदर्शनलाई कायम राखे । लनटेनिसमा उदाउँदै गरेका प्रदिप जुनियर खेलबाट आफनो करियर शुरु गरेका हुन् । नेपालको सिनियर टिममा पुग्न धेरै मेहनत गरेको उनी बताउँछन् । बुटवलको दोस्रोपटक उपाधि चुम्दै गर्दा उनले बुटवलको लनटेनिस कोर्ट भाग्यमानी भएको बताए । ‘मलाई यो कोर्ट मनपर्छ’– उनले थपे –‘ यही कोर्टमा दुई पटक च्याम्पियन बने ।’ यसअघि दोस्रो बुटवल खुला पनि उनले उपाधि चुमेका थिए । केही समय खेलकै दौरान विदेश रहेका उनले नेपालमा भएका अधिकांश प्रतियोगिता खेल्न पाएनन् । ‘खेल अभ्यासकै क्रममा माल्दिभमा केही वर्ष बसे’–उनले भने । नेपाल फर्किएर उनले आफ्नो खेलकौशलकै कारण नवौ राष्ट्रियमा ३ स्वर्ण पदक जिते । लगन र अनुभवले भरिएका खड्का यो पटक पाँचौ खेल्ने क्रममा भने शारीरिक रुपमा फिट थिएनन् । ‘३ दिन देखि फिजिकल फिट थिईन’– उनले भने । असहज हुँदाहँुदै मैदानमा उत्रेका उनी विजेता बन्दा धेरै खुशी देखिए । पहिलो सेट पछि परेका उनी लगातार २ सेटमा जित्दै च्याम्पियन बने । पहिलो सेटमा केही टेक्निकल समस्या आएपछि उनी त्यो सेटमा पछि परे । ‘मेन्टल गेम भयो, मैले गिभ अप गरे’– उनले भने ।

बुटवलमा प्रदिप र रितिकको चौथो भेट हो । बुटवलमै भएको दोस्रो खुला लन टेनिसमा सेमीफाईनलमा रितिकसंग पराजित भएका प्रदिप त्यसबाहेक पोखरामा माछापुच्छे ओपन, विर गणेशमान र यो पाँचौ बुटवलमा समेत गरी ३ पटक जित निकालेका छन् ।

यता हारपछि रितिक रानाले फिजिकल फिट नहुँदा शतप्रतिशत खेल्न नसकेको बताए । “ब्याक पेनको कारण पूरा अफोर्ड दिन सकेन”– उनले भने । प्रतिपक्ष राम्रो खेलाडी हँुदा फाईनल खेल निक्कै राम्रो भएको उनले प्रतिक्रिया दिए । ढाडको समस्याकै कारण आफु हार्नुपरेको उनले बताए । उनी नेपालको तेस्रो वरियतामा रहेका छन् । यो खेलसंगै अब उनी दोस्रोमा चढ्ने छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?