ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर
प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९

प्रदिप र अभिलाषा च्याम्पियन

१० फाल्गुन २०७९, बुधबार
१० फाल्गुन २०७९, बुधबार

बुटवल, १० फागुन ।

बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को पुरुष÷महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले चुमेका छन् । देविनगरस्थित लनटेनिस कोर्टमा बुधबार भएको पुरुषतर्फको फाईनल खेलमा अघिल्लो वर्षका विजेता रितिक रानालाई २–१ को सेटमा पराजित गर्दै प्रदिपले उपाधि चुमेका हुन् ।

प्रतिष्पर्धात्मक खेलको पहिलो सेटमा २ अंकको अग्रता लिएका प्रदिप खड्कालाई पछि पार्दै रितिक रानाले सेट ६–३ ले आफनो नाममा पारे । तर दोस्रो र तेस्रो सेटमा भने प्रदिपले खेलमा कम ब्याक गरे । उनले लगातार ६–३, ६–२ को सेटमा जित निकाल्दै दोस्रो पटक उपाधि चुमे । यता ढाडको चोट ब्यहोरेका रितिक खेलमा असहज महसुस गरे ।

यता महिला सिङ्गलको उपाधि अभिलाषा बिष्टले चुमिन् । गतवर्ष उपविजेतामा चित्त बुझाएकी बिष्टले यसवर्ष च्याम्पियन बनिन् । एक नम्बर बरियतामा रहेकी नेपाल आर्कीका खेलाडी समेत रहेकी विष्टले माहिका रानालाई फाईनलमा ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाईन् ।
यसैगरी ३५ वर्ष उमेर समूह पुरुष एकलको उपाधि सन्तोष खत्रीले चुमे । बुधबार भएको फाईनल खेलमा खत्रीले सिमान्त गुरुङलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै उपाधि जिते ।

यसैगरी ५५ वर्ष उमेर पुरुष एकलको उपाधि विमल गुरुङले हात पारेका छन् । फाईनलमा कमल थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै गुरुङले उपाधि चुमे । एक कार्यक्रमका बीच फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, श्री २२ नं. बाहिनीका उपरथी नवराज गुरुङ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज शम्सेर राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, उपाध्यक्ष डा. मनोज ढुंगाना, निवर्तमान अध्यक्ष सञ्जय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेतले पुरस्कार वितरण गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?