© २०२३
बुटवल, फागुन – सर्वोच्च अदालतका कायम मुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाल्पा स्थित सिद्धबाबाको मन्दिर दर्शन गरेका छन् । सिद्धपुरुष भर्तृहरिले यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेको पश्चिम नेपालकै पशुपतिका रुपमा परिचित सिद्धबाबा मन्दिर धार्मिक एवम पर्यटकिय गन्तव्य हो ।
मन्दिर बिकास समितिको निमन्त्रणमा कार्कीले मन्दिरमा पुगेर दर्शन गरेका छन् । दर्शनका लागि पुगेका कार्कीलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार शेरचन, मुल पुरोहित नारायण प्रसाद घिमिरे, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा र समितिका अन्य पधादिकारिले स्वागत गरेका थिए ।
साथै समितिले मन्दिर दर्शन गराई मायाको चिनो प्रदान गरेको थियो भने मन्दिरका मुल पुरोहीतहित र अन्य सहायक पुरोहितहरुले स्वस्थी बाचन र पुजा गराएका थिए । यस अघि यो मन्दिरमा महामहिम राट्रपति बिधा देबि भण्डारीले समेत दर्शन गरेकी थिईन ।