© २०२३
बुटवल, ९ फागुन ।
क्रिकेटर पारस शाहको क्रिकेट एक्सलेन्स सेन्टर, काठमाडौ देवदहमा जारी खड्ग प्रसाद गौचन स्मृति पाचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमीफाईनलमा काशी नोबेल एकेडेमीमाथि २४ रनको जित निकाल्दै सिईसी प्रतियोगिताको फाईनलमा स्थान बनाएको हो ।
बुधबार हुने धनगढी क्रिकेट एकेडेमी र देवदह क्रिकेट युनिटको दोस्रो सेमीफाईनलको विजेतासंग सिईसीलेसंग उपाधिका लागि फाईनल खेल्ने छ । देवदह क्रिकेट मैदानमा भएको पहिलो सेमीफाईनलमा सिईसीले टस जित्दै २९.३ ओभरमा सबै विकेट गुमाएर केवल १ सय १० रनको लक्ष्य तयार पारेको थियो । उसका लागि सिद्धार्थ साउदले ६६ बलमा ३६ रनको नटआउट पारी खेले । यसैगरी पारस एैरले १४ बलमा ११ रन जोडेका थिए । कम स्कोरलाई रोक्न काशीका अर्जुन करुषले ८ ओभरमा १४ रन खर्चेर ३ बिकेट लिए । यसैगरी सन्तोष जिसी र सन्तोष यादवले समान ३–३ बिकेट लिए ।
काशीका ब्याट्सम्यानहरु २९.२ ओभरमा सबै विकेट गुमाएर केवल ८६ रनमा समेटिए । काशीका आशिष रोक्काले ४६ बलमा २६ र सिद्धार्थ अधिकारीले २५ बलमा १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । ब्यटिङ नचलेको सिईसीका बलरले भने राम्रो प्रदर्शन गरे । धयानन्द मण्डलले ७ ओभरमा १ मेडल सहित १९ रन खर्चेर ३ तथा क्याप्टेन करण घर्ती मगरले ६ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ बिकेट लिए । सिईसीका दयानन्द मण्डल खेलमा म्यान अफ दी म्याच घोषित भए ।