ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९

१० ईभेन्टका फाईनल समिकरण पूरा, मंगलबार फाईनल खेलहरु हुने

८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

बुटवल, ८ फागुन ।

रुपन्देहीमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तेस्रो दिन १० इभेन्टका फाईनल समिकरण पुरा भएका छन् । सोमबार भएको सेमीफाईनल खेलहरुबाट विजयी हुँदै मेन्स सिगल, मेन्स डबल्स, वुमन्स डबल्स, ३५ प्लस मेन्स सिगल, ३५ प्लस मेन्स डबल्स, ४५ प्लस मेन्स सिगल, ३५ प्लस मेन्स डबल्स, ४५ प्लस मेन्स सिगल, ४५ प्लस मेन्स डबल्स, ५५ प्लस मेन्स डबल्सका खेलाडीहरु फाईनल चरणको भिडन्त पक्का गरेका छन् । वुमन्स सिगल र ५५ प्लस मेन्समा भने सेमीफाईनलमा प्रवेश गरेका छन् ।

देविनगर लनटेनिस कोर्टमा भएको मेन्स सिगलमा प्रदिप खड्काले प्रितम परियारलाई पहिलो सेट ६–१ ले अग्रता लिएका थिए । भने दोस्रो सेट परियार रटायर्ड हन्ट भएपछि प्रदिप खड्का फाईनलमा प्रवेश गरेका हुन् । यसैगरी दोस्रो सेमीफाईनल खेलमा रितिक रानाले प्रनव खनाललाई ६–३, ६–४ को सेटमा जित निकाल्दै फाईनल भेट पक्का गरेका छन् ।

मेन्स डबल्सको फाईनल समिकरण पुरा भएको छ । पहिलो सेमीफाईनलमा प्रदिप खड्का र नेहाल जेबि थापाको जोडीले सक्षम विक्रम शाह र प्रितम परियारको जोडीलाई ६–१, ६–१ तथा दोस्रो सेमीफाईनलमा रितिक राना र निशान्त श्रेष्ठको जोडीले आशिष खड्का र विष्णु नेपालीको जोडीलाई ६–१, ६–२ ले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन् ।

वुमन्स डबल्समा फाईनल समिकरण पूरा भएको छ । पहिलो सेमीफाईनलमा माहिका राणा र रायना शाहको जोडीले प्रकृति श्रेष्ठ र आईशा डल्कर गुरुङलाई ७–५, ६–१ तथा दोस्रो खेलमा भगवती बिक र श्रीमाया थापाको जोडी वाकओभर दिएपछि अभिलाषा विष्ट र सुभाङी लक्ष्मी शाहको जोडी फाईनल प्रवेश गरेका छन् ।

यसैगरी ३५ प्लस मेन्स सिगलमा सन्तोष खत्रीले कमल भण्डारीलाई ४–६, ६–२, १०–५ तथा
सिमान्त गुरुङले सन्जय श्रेष्ठलाई ६–४, ६–४ ले पराजित गदै फाईनल यात्रा तय गरेका गरेका छन । यसैगरी ३५ प्लस मेन्स डबल्समा कमल भण्डारी र सिमान्त गुरुङको जोडीले अनिल शाही र समिर शेरचनको जोडीलाई पहिलो सेट ५–२ को अंकले जित निकाल्दै अग्रता लिएका थिए । दोस्रो सेटमा अनिल शाही र समिर शेरचनको जोडी रिटायर्ड हन्ट भएपछि फाईनलमा प्रवेश गरेका छन् । यसैगरी दोस्रो खेलमा निरज थापा र सूर्य भुजेलको जोडीले विकास गुरुङ र लक्ष्मण तामाङको जोडीलाई ६–२, ६–० अंकले पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् ।

यसैगरी ४५ प्लस मेन्स सिगलको पहिलो खेलमा बिमल गुरुङले गोपी भट्टराईलाई ६–०, ६–४ तथा दोस्रो खेलमा रोहित सुनुवारले माधव भण्डारीलाई पहिलो सेट ६–१ तथा अर्को सेटमा माधव भण्डारी रिटायर्ड हन्ट भएपछि रोहित फाईनलमा प्रवेश गरेका छन ।
यसैगरि ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराइ र धर्म सिह लामिछानेको जोडीले मनोज नेपाल र अर्जुन गुरुङको जोडीलाई ६–१, ६–२, लोक गुरुङ र ईन्द्र गुरुङको जोडीले राजु गुरुङ र वसन्त प्रधानको जोडीलाई ६–२, ६–१ फाइनल भिडन्त पक्का गरे । यसैगरी ५५ प्लस मेन्स डबल्समा भने कमल थापा र कृष्णराज घलेले मनोज बस्नेत र अब्दुल सहमतलाई ६–१, ६–० तथा दोस्रो खेलमा धर्म सिह लामिछाने र राजु गुरुङको जोडीले मनोज राणा र ध्रुव गुरुङको जोडीलाई ७–६, ७–६ पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।

५५ प्लस मेन्समा सेमीफाईनल समिकरण पूरा भएको छ । पहिलो खेलमा विनोद कायस्थले मनोज राणालाई ६–४, ६–३ तथा कृष्णराज घलेले समिर शेरचनलाई वाकओभर पाएर सेमीफाईनलमा प्रवेश गरेका छन् ।

वुमन्स सिगलको क्वाटरफाईनल खेलमा रायना शाहले सुभाङी लक्ष्मी शाहलाई ७–६, ७–६, माहिका रानाले आईसा डोल्कर गुरुङलाई ६–०, ६–१ ले जित्दै सेमीफाईनलमा प्रवेश गरेका छन । यसैगरि प्रकृति श्रेष्ठले भगवती बिकलाई पहिलो सेट ६–४ अंकले जित्दै अग्रता लिए भने दोस्रो सेटमा भगवती रिटायर्ड हन्ट भएपछि प्रकृति सेमिफाईनल प्रवेश गरिन् । अभिलाष विष्ट बाई पाएर सेमीफाईनलमा प्रवेश गरेकी छिन् । दोस्रो दिन २३ खेलहरु सम्पन्न भएको संयोजक सञ्जय प्रकाश श्रेष्ठले बताए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?