© २०२३
बुटवल, ८ फागुन ।
रुपन्देहीमा प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को दोस्रो दिन विभिन्न ६ इभेन्टका अन्तिम चारको टुगो लागेको छ । आइतबार भएको मेन्स सिगल, मेन्स डबल्स, ३५ प्लस मेन्स सिगल, ४५ प्लस मेन्स सिगल, ३५ प्लस मेन्स डबल्स, ४५ प्लस मेन्स डबल्स खेलमा अन्तिम चारमा पुग्ने खेलाडीहरुको टुगो लागेको हो ।
देविनगर लनटेनिस कोर्टमा भएको मेन्स सिगलमा प्रदिप खड्काले आशिष खड्कालाई ६–४, ६–४, प्रितम परियारले निशान्त श्रेष्ठलाई ६–२, ६–४, रितिक रानाले सन्तोष खत्रीलाई ६–४, ६–४, ६–३ तथा प्रनव खनालले बिष्णु नेपालीलाई ६–०, ६–१ को अंकले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । पहिलो सेमीफाईनल खेलमा प्रदिप खड्काले प्रितम परियार तथा दोस्रो सेमीफाईनलमा रितिक रानाले प्रनव खनालसंग प्रतिस्पर्धा गर्नेछन् ।
मेन्स डबल्सको पहिलो सेमीफाईनलमा सक्षम विक्रम शाह र प्रितम परियारको जोडीले प्रदिप खड्का र नेहाल जेवि थापाको जोडीसंग तथा दोस्रो सेमीफाईनलमा रितिक राना र निशान्त श्रेष्ठको जोडीले आशिष खड्का र विष्णु नेपालीको जोडीसंँग खेल्नेछन् ।
यता ३५ प्लस मेन्स सिगलमा कमल भण्डारी, सन्तोष खत्री, सन्जय श्रेष्ठ र सिमान्त गुरुङ अन्तिम चारमा प्रवेश गरेका छन् । आईतबार भएको खेलमा कमल भण्डारीले अनिल शाहीलाई ६–०, ६–४, सन्तोष खत्रीले निरज थापालाई ६–३, ६–४, सन्जय श्रेष्ठले लक्ष्मण तामाङलाई ६–१, ६–२, सिमान्त गुरुङले राजन पौडेललाई ६–०, ६–२ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका छन् ।
यसैगरी ४५ प्लस मेन्स सिगलमा बिमल गुरुङले विश्वास थापालाई ६–१, ६–१, गोपी भट्टराईले मनोज नेपाललाई ६–१, ६–१, माधव भण्डारीले भिमराज पौडेललाई ६–०, ६–०, रोहित सुनुवारले नविन चालिसेलाई ६–१, ६–० को अंकले पराजित गर्दै सेमीफाईनलमा भेट पक्का गरेका छन् ।
यता ३५ प्लस मेन्स डबल्समा कमल भण्डारी र सिमान्त गुरुङको जोडीले नविन श्रेष्ठ र नविन चालिसेको जोडीलाई ६–१, ६–०, अनिल शाही र समिर शेरचनको जोडीले अर्जुन गुरुङको सोम रानाको जोडीले ६–०, ६–३, विकास गुरुङ र लक्ष्मण तामाङको जोडीले अनिल सेन्चुरी र चोम विक्रम शाहलाई ६–३, ६–४ तथा निरज थापा र सुर्य भुजेलको जोडीले राजन परियार र लोक गुरुङको जोडीलाई ६–३, ६–४ अंकले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका छन् ।
यसैगरी ४५ प्लस मेन्स डबल्समा राजु गुरुङ र वसन्त परियारको जोडीले गोपाल ज्ञवाली र विष्णु प्रसाद चापागाईको जोडीलाई ६–१, ६–०, लोक गुरुङ र ईन्द्र गुरुङको जोडीले मनोज बस्नेत र रामु बिकको जोडीलार्ई ६–२, ६–१, मनोज नेपाल र अर्जुन गुरुङको जोडीले माधव बि र भिष्म पिपिलाई ७–५, ४–६, १०–५ तथा गोपी भट्टराइ र धर्म सिह लामिछानेको जोडी बाई पाएर अन्तिम चारमा प्रवेश गरेका छन् ।
५५ प्लस मेन्स डबल्समा भने एक खेलमात्र भएको छ । जसमा धर्म सिह लामिछाने र राजु गुरुङको जोडीले ईन्द्र गुरुङ र वसन्त परियारलाई ६–२, ६–१ पराजित गरेका छन् ।
दोस्रो दिन २३ खेलहरु सम्पन्न भएको संयोजक सन्जय प्रकाश श्रेष्ठले बताए ।