ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

नामिबियाविरुद्ध नेपालको ऐतिहासिक जित

६ फाल्गुन २०७९, शनिबार
६ फाल्गुन २०७९, शनिबार

काठमाडौं, ६ फागुन .

घरेलु मैदानमा नामिबियालाई ३ विकेटले पराजित गर्दै आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ। नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो। यो जितसँगै नेपालले लिग २ को सिरिजमा नै निकालेको यो पहिलो तेस्रो जित हो।

नेपालको जितमा ओपनर आशिफ शेख र ज्ञानेन्द्र मल्लले किर्तिमानी साझेदारी गरेपछि नेपाल जिततफ अघि बढेको थियो।

आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गर्दै नेपालका लागि सर्वाधिक साझेदारी गर्ने किर्तिमानी आफ्नो नाममा गरेका हुन्। यो कीर्तिमान कयम गर्ने क्रममा आशिफ ६९ र ज्ञानेन्द्र मल्लले ६५ रनको योगदान दिए।

आसिफ शेख ८१ रनमा पवेलियन फर्के। ९८ बलको सामना गरेका उनले ८ चौका र २ छक्का हाने। आशिफले एकदिवसीय खेलमा छैटौँ अर्धशतक प्रहार गरेका हुन्। ज्ञानेन्द्र मल्ल ६५ रनमा क्याच आउट भए।

७४ बलको सामना गरेका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का हाने। एक दिवसीयमा नेपालको तर्फबाट सात अर्धशतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी हुन्।

चौथौ विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ९२ रनको साझेदारी गर्दै नेपालाई सहज जित दिलाएका थिए।

कुशल ६२ रनमा क्याच आउट हुँदै पवेलियन फर्के। विष्फोटक ब्याटिङ गरेका कुशलले ४९ बलमा बलमा ६ चौका र ४ छक्का हाने। कुशलले वन डे करियरको तेस्रो अर्धशतक प्रहार गरेका हुन्। कप्तान रोहित ३९ रनमा आउट भए। रोहितले ४३ बलमा ५ चौका हाने।

सोमपाल कामी ८ र गुलसन झा शुन्य रनमा नटआउट रहे। दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेल १ रनमा रनआउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४  रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर लो हान्ड्रे लरेन्स र कार्ल ब्रिकेनस्टोकले ६४ रनको साझेदारी गरे। लरेन्स सन्दीपको बलमा बोल्ड आउट भए। कार्ल २० रनमा सन्दीपको बलमा क्याच आउट भए।

माइकल भान लिंगेन दिपेन्द्रको जोराको हातबाट २२ रनमा क्याच रन आउट भए। कप्तान गेहार्ड इरास्मस १५ रनमा सन्दीपको बलमा बोल्ड आउट भए। जान निकोल लिफ्टी–एटोन १५ रनमा करन केसीको बलमा क्याच आउट भए।

छैटौं विकेटका लागि जेन ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको साझेदारी गर्दै नामिबियाको  इनिङस् उकासेका थिए। फ्रान्स ४९ रनमा सोमपाल कामीको बलमा रनआउट भए। ३९ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का हाने।

जेन ग्रिन ७५ र रुबेन २४ रनमा नटआउट रहे। ग्रिनले ६३ बलमा ११ चौका र १ छक्का हाने। रुवेनले ७ बलमा ३ चौका र २ छक्का हाने।

नेपालका लागि सन्दीप लामिछानेले तिन तथा करण केसीले एक विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चे। नामिबियाविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा ५० विकेट पूरा गर्ने सन्दीप नेपालका पहिलो बलर बने। नेपालका लागि करण केसी महंगा सावित भए। उनले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?