ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो
प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९

खेलकुदलाई पर्यटनसँग जोड्न सके आर्थिक समृद्धि

६ फाल्गुन २०७९, शनिबार
६ फाल्गुन २०७९, शनिबार

बुटवल, ६ फागुन ।

रुपन्देहीमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ३५ प्लस उमेर समुहतर्फ निरज थापाले विजयी शुरुवात गरेका छन् । थापाले बुटवलका अनिल सेन्चुरीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका हुन । सोही उमेर समुहमा सन्तोष खत्रीले नवीन श्रेष्ठलाई ६–२, ६–१ कै सोझो सेटमा पराजित गरेका छन् ।

कार्यक्रमको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले शुभारम्भ गर्दै खेलबाट पर्यटन र आर्थिक पाटो जोडिएको बताए । खेल विकास हुन सके समग्र देशकै अवस्था फेरिने उनले दाबी गरे । खेलकुद पुर्वाधारमा स्थानीय पालिका सहयोग गर्न तयार रहेको उनले बताए । ‘हामीले खेलकुदको लागि पौने ३ करोड रुपैया बजेट बिनियोजन गरेका छौ’– उनले भने । आधुनिक र नया खेलहरुका साथै यहाँका परम्परागत खेलहरुको संरक्षणमा समेत पालिका योजनावद्ध रुपमा लागेको उनले बताए । खेलमा आवद्ध खेलाडीहरुलाई ब्यावसायिक बनाउने तर्फ जोड दिनेतर्फ सरोकारवालाहरु लाग्न सुझाव दिदै उनले विभागिय टिमजस्तै ब्यवसायिक संघसंस्थाहरुबाट खेलाडीलाई रोजगारसंग जोड्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल लनटेनिस संघका उपाध्यक्ष विनोद कायस्थले शहरको समृद्धिलाई मापन गर्ने आधार टेनिस कोर्ट भएको बताए । नेपालमा काठमाडौ, पोखरापछि बुटवल लनटेनिस विकासमा अघि बढेको भन्दै यसमा सबैको साथ जरुरी रहेको बताए । पुर्वाधार विकास गरी थप २ कोर्ट निर्माण गर्न सके अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सकिने र यसबाट यहाको पर्यटनमा टेवा मिल्ने दाबी गरे । खेल पर्यटनसंगै जोडिएर आउने भन्दै उनले खेलाडी, अफिसियनहरु भित्रदा पर्यटन प्रवद्र्धन हुने बताए ।

कार्यक्रममा नेपाल टेनिस संघका निवर्तमान केन्द्रीय अध्यक्ष मनोज सम्शेर राणा, जनप्रतिनिधि हरि प्रसाद श्रेष्ठ, कास्की लनटेनिस संघका अध्यक्ष लोक गुरुङ, संघका उपाध्यक्ष डा. मनोज ढुगाना, सचिव सब्बर मियाले अनुशासित र ब्यावसायिक खेलका रुपमा लनटेनिसलाई लिईने भन्दै अन्तर्राष्ट्रिय मंचमा धेरै खेलाडीहरु नेपालबाट पछिल्लो समय उत्पादन भएको बताए ।

यसैबीच कास्की लनटेनिस संघका सल्लाहकार समिर शेरचनले रुपन्देहीको लनटेनिस विकासका लागि भन्दै १ लाख रुपैया सहयोग प्रदान गरेका छन् । रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले काठमाडौ केन्द्रित रहेको खेललाई छोटो समयमा स्थापित गराउँदै उमेर समुहका खेलाडी उत्पादन गर्न सफल भएको बताए । खेललाई पर्यटनसंग जोडेर अगाडी लग्न सके यसबाट देशको आर्थिक समृद्धि हुने उनले बताए ।

खेल संयोजक तथा निवर्तमान अध्यक्ष संजय प्रकाश श्रेष्ठले पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथि युगल, पुरुष भेटान्स ४५ माथि, पुरुष भेटान्स ५५ माथि, ६५ माथि गरी कुल १२ इभेन्टमा संचालन हुने छ । प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपैयाँ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपैया, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता र तृतियलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र यसैगरि ६५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरी डबल्सतर्फ पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी भेटान्स डबल्सतर्फ ३५÷४५÷५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?