Butwal Today

पशुपति कलेजमा सप्ताह ज्ञान महायज्ञ

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

सिद्धार्थनगर ।

रुपन्देहीको कोटिहवामा शैक्षिक कार्यक्रम विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि पशुपति कलेजले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ।

वि.सं. २०६२ सालमा स्थापित कलेजले मङ्सिर १४ देखि २१ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागेको हो। हाल कलेजमा बीबीएस र बीएड तहमा ३५० विद्यार्थी अध्ययनरत छन्। आगामी दिनमा बीआईसीटीई, पीजीडीई, बीआईएम, बीआईटीएम, बीबीए, बीएचएम तथा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्ने कलेजको लक्ष्य छ।

महायज्ञमा भागवत अलङ्कार पण्डित नेत्रप्रसाद पराजुलीले कथावाचन गर्ने कलेजका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समिति संयोजक लीलाबल्लभ गैरेले जानकारी दिएका छन्। मङ्सिर १४ गते बिहान १० बजे शोभा कलश यात्रासहित महायज्ञ शुभारम्भ हुनेछ, र महायज्ञ अवधिभर योग शिविर, पूजापाठ, कथा प्रवचन, भजनकीर्तनलगायत कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

महायज्ञका लागि ३० देखि ३५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। गैरेले शैक्षिक विकासको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?