© 2026
बुटवल।
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट अध्यायन गरेर चिकित्सा बिज्ञान संकाय मा पुर्ण छात्रवृत्ति मा नाम निकाल्ने विधार्थिलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।
विध्यालमा अध्यन गरि टप १० मा नाम निकाल्न सफल शिशिर मल्ल सहित एमविविएस तर्फ ३०,नर्सिङ र ईन्जिनियरिङ् तर्फ ३१ जना विद्यार्थी लाई सम्मान गरिएको हो।
शुक्रबार विद्यालयले छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई वधाई–शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ।
कार्यक्रममा वोल्दै रुपन्देहीका जिल्ला शिक्षा सम्वन्वय प्रमुख विष्णु पन्थीले कालिका मानवज्ञान माविमा नेपालकै नमुना विद्यालय रहेको र विश्वभर समेत नमुना वन्न सक्ने गरी सरोकारवालाले जोड दिन आवस्यक रहेको बताए ।
उनले कालिका सामुदायिक विद्यालयहरुको प्राण रहेको र विद्यालयलाई उत्कृष्ट वनाउन पहल गर्ने पुर्व तथा वर्तमान प्रधानाध्यापकहरु ,सञ्चालक समिति, अविभावक र विद्यार्थीको साझा मेहनतले सम्भब रहेको वताउदै उत्कृष्ट विद्यार्थीहरु लाई देश तथा विदेशमा उत्कृष्ट काम गर्न सक्ने सक्षम वन्नेमा विश्वस्त रहेको बताए ।
मेडिकल र प्रविधिक दुवै शिक्षा महत्वपूर्ण रहेको र छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुले दक्ष वनेर सोही क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेमा विश्वस्त रहेको धारणा राखेका थिए।
कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा पुर्व प्राचार्य घनस्याम पाठकले कालिका दक्ष जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री रहेको र सफलता हासिल गरे पश्चात आफुले अध्ययन गरेको विद्यालयलाई अनुभव, सफलता शेयर गर्नुपर्ने र योगदान दिन आफुले आग्रह गर्दै आएको वताए।

उनले कालिका मानवज्ञान मावि र कालिका क्याम्पसमा १२ हजार ५ सय विद्यार्थीले अध्यायन गरिरहेको जानकारी दिंदै
अहिले देश काम भन्दा कुरामा केन्द्रित रहेको तर कालिकाबाट उत्पादित विद्यार्थीलाई काममा महत्व दिन आग्रह समेत गरेका थिए।
प्राचार्य विष्णुहरी ज्ञवालीले शिक्षक–अविभावक र विद्यार्थीको साझा प्रयासले सफलता हासिल भएको समाचार सवैमाझ पुर्याउन पाउंदा हर्षित भएको वताउदै हिंजोका विद्यार्थीहरुले देश तथा विदेशमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेको र यस वर्ष छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरु पनि अझ उचाईमा पुग्ने विश्वास रहेको बताएका थिए ।
कालिकाका विधार्थि शिशिर मल्लले देशभरबाट दसौँ स्थान हासिल गरेका छन्। त्यसैगरी निश्चल जीसीले ३५औँ र आयुष पाण्डेले ३९औँ स्थान प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सम्राट मरासिनीले ६९औँ, अजयकुमार चौधरीले ९१औँ, आकाश मिश्रले १५६औँ, आदित्य भण्डारीले १६१औँ, ईशान ज्ञवालीले १८६औँ र गणेश पन्थीले २०८औँ स्थान हासिल गरेका छन्।
त्यस्तै बिपिशा अर्यालले २२५औँ, शिवनाथ यादवले २७८औँ, दीपक केसीले ३०९औँ, सम्पदा गौतमले ३३८औँ, बालकृष्ण कोहारले ३५४औँ, अर्जुन रिजालले ३५६औँ, राजीव अग्रहरीले ३७०औँ, इन्द्रबहादुर भुजेल मगरले ३८१औँ र अंकित तिवारीले ३९२औँ स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र खनाल र शिक्षक अभिभावक संघ अध्यक्ष चन्द्रमणि अर्यालले कालिका परिवारको मेहनत र योगदानले कालिका उचाईमा पुगेको र आगामी दिनमा पनी सफलता हासिल हुनेमा विश्वास रहेको धारणा राखेका थिए।
कार्यक्रममा निवर्तमान अध्यक्ष नित्यानन्द ज्ञवाली ,कालिका क्याम्पसका अध्यक्ष होम बहादुर गलामी,जिल्लाका शिक्षा शाखा अधिकृत झविलाल विक लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सह–प्राचार्य दिपक बञ्जाडेले गरेका थिए।