© 2026
नवलपुर ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० का सूचना अधिकारी अनिल पण्डितका अनुसार डण्डाबाट सर्दीतर्फ गइरहेको पिकअप र विपरीत दिशाबाट आइरहेको ट्याक्टर एकापसमा ठोक्किँदा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि चितवन पठाइएको छ ।