Butwal Today

कालिकामा ‘मेघा ब्लड डोनेसन’, ८३ युनिट रगत संकलन

८ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल ।

बुटवलमा रोटरी क्लब अफ बुटवल डाउन टाउन, रोटरी क्लब अफ बुटवल साउथ, रोट्याक्ट क्लब अफ बुटवल साउथ, रोट्याक्ट बुटवल डाउन टाउनको संयुक्त आयोजनामा मेघा ब्लड डोनेसन कार्यक्रम गरिएको छ ।

कालिका मानवज्ञान मावि परिसरमा भएको कार्यक्रममा ८३ जनाले रक्तदान गरेका छन् । मेघा रक्तदान कार्यक्रमबाट बुटवलमा देखिएको रगत अभावलाई रोक्न योगदान दिने प्रयास भएको आयोजक डाउनटाउन क्लबका अध्यक्ष धर्मदत्त ज्ञवालीले बताए ।

रक्तदान मात्र नभई शिक्षा, स्वास्थ्य र सरसफाई लगायतका क्षेत्रमा समेत आफुहरु कामगर्दै आएको उनले बताए । वार्षिक कार्ययोजना मात्रन भई फरक र समुदाय केन्द्रित कार्यक्रमलाई जोडेर समुहगत रुपमा काममा आफुहरु लागेको उनले बताए ।

समाजसेवामा अग्रसर बनाउनआफुहरु यस्ता किसिमको ब्यवहारिक र ज्ञानमुलक कार्यमा विद्यार्थीहरुलाई सहभागी बनाउने गरि कामगर्दै आएको क्लबअफ बुटवल साउथका अध्यक्ष नित्यानन्द ज्ञवालीले बताए ।

विद्यार्थीहरु बिचमा रक्तदान जस्तो अभियानमाआवद्ध गराउन सहयोग हुने गरि महत्वपूर्ण रुपमा संयुक्त कार्यक्रम गरिएको रोट्याक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष रोशनी भण्डारीले बताईन । हरेक युवा १८ वर्ष पुरा संगै रक्तदानगर्न सकिने हुदापनि यो संदेश बुझाउन आफुहरु सफल भएको उनले बताईन ।

१८ वर्ष पुरा भएका कक्षा ११ र १२ का विद्यार्थीहरु रहेका विद्यालय केन्द्रित रक्तदान कार्यक्रम अहिलेको रगत अभाव कम गर्ने उपयुक्त र महत्वपूर्ण भएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीकाअध्यक्ष कृष्णचौहान क्षेत्रीले बताए । रक्तदानमा सहभागी भएको एक जनाबाट वर्षभरि नै कम्तीमा ४ पटक रक्तदानमा सहभागी बनाउन सकिने हुदा नया र युवा रक्तदाता जोड्ने गरि कार्यक्रम गर्नुपर्ने उनले बताए ।

विशेष गरि यहाकाअस्पतालहरुमा उपचारमा रहेका मृगौला पिडित डायलोसिस बिरामी, सडक दुर्घटनाका घाईते, सुत्केरी महिला तथा डेगुका बिरामीलाई रगत खपत हुने गरेको छ । कार्यक्रममा ८३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक किशु शर्माले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?