Butwal Today

गुल्मीका तीन गाउँपालिकामा आज स्थानीय सार्वजनिक बिदा

८ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

गुल्मी।

स्थानीय पर्व तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै गुल्मीका धुर्कोट, सत्यवती र कालीगण्डकी गाउँपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् ।

आ-आफ्नो पालिका भित्र मनाइने मौलिक तथा धार्मिक पर्वको अवसर पारेर तीनवटै स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । जसअनुसार धुर्कोट गाउँपालिकाले कार्तिक शुक्ल पूर्णिमाको अवसरमा बिदा दिएको छ भने सत्यवती र कालीगण्डकी गाउँपालिकाले आ–आफ्नो क्षेत्रको मौलिक पर्व भिकुम पूर्णिमाको अवसरमा बिदा दिएका छन् ।

बिदाको निर्णयसँगै आज उक्त गाउँपालिका अन्तर्गतका स्थानीय सरकारी कार्यालय, शिक्षण संस्था तथा सार्वजनिक निकायहरू बन्द रहने जनाइएको छ । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीमा पालिकाहरूले हरेक वर्ष यस्ता विशेष पर्वहरूमा स्थानीय बिदा दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?