© 2026
चन्द्रौटा ।
विपत्तिमा परेकालाई सहयोग गर्न कपिलवस्तुको बाणगंगाका थारु समुदाय अघि सरेका छन् । रसुवाका बाढीपीडित परिवारका लागि उनीहरूले ९ लाख ९१ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका(५ स्याफ्रुबेँसीमा बाढी आएको थियो । बाढीले २०२ परिवार विस्थापित भएका थिए । उनीहरूको राहत र पुनःस्थापनाका लागि उक्त रकम संकलन गरिएको हो ।
थारु कल्याणकारिणी सभा र थारु बरघर संघ बाणगंगा नगर कार्य समितिको पहलमा सहयोग रकम जुटाइएको हो । संकलित रकम काठमाडौंस्थित गोसोक गुम्बामा पुगेर पीडित परिवारका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ ।
थारु कल्याणकारिणी सभा बाणगंगा नगर सभापति रामशंकर थारु र बरघर संघका नगर सभापति राजेन्द्रप्रसाद थारुले रकम हस्तान्तरण गरेका थिए । प्राकृतिक विपत्तिमा परेका परिवारलाई मानवीय सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको थाकसा बाणगंगा नगर सचिव नरेश थारुले बताए ।