Butwal Today

अनमोलको राजीनामा

४ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल ।

बुटवल टुडे अनलाइन टेलिभिजनकी सम्पादक अमृता अनमोलले पदबाट राजीनामा दिएकी छन् । उनले यही मङ्सिर ४ गते अर्थात आजदेखि लागू हुने गरी सम्पादक पदमा नरहने जानकारी गराउँदै बुटवल टुडे मिडिया ग्रुपसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।
अनमोलले राजीनामा पत्रमार्फत आफू कार्यव्यस्तताका कारण सम्पादकको जिम्मेवारीबाट अलग हुने जानकारी गराएकी छन् । उनले संस्थाका प्रबन्ध सञ्चालकलाई सम्बोधन गर्दै बुझाएको पत्रमा सम्पादकका रूपमा काम गर्ने अवसर प्रदान गरेकोमा संस्थाप्रति आभार व्यक्त गरेकी छन् ।
राजीनामा पत्रमा उनले संस्थामा सम्पादकीय जिम्मेवारी निर्वाह गर्ने अवसर दिएकोमा धन्यवाद दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।
पत्रकारिता क्षेत्रमा सक्रिय अनमोलले बुटवल टुडे अनलाइन टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हाल्दै संस्थाको समाचार सम्पादन तथा सम्पादकीय व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन् ।
यसैबिच, बुटवल टुडे मिडिया ग्रुपले सम्पादकका रूपमा संस्थामा रहेर जिम्मेवारी निर्वाह गरेकोमा अनमोललाई धन्यवाद दिएको छ । ग्रुपले उनले संस्थालाई दिएको समय, योगदान र सम्पादकीय जिम्मेवारीप्रति आभार व्यक्त गर्दै आगामी व्यावसायिक तथा व्यक्तिगत जीवनको सफलताको कामना गरेको छ ।
बुटवल टुडे मिडिया ग्रुपले सञ्चार क्षेत्रको जिम्मेवारीमा रहेर काम गर्ने क्रममा अनमोलले पु¥याएको योगदानको सम्मान गर्दै संस्थासँगको सहकार्यका लागि धन्यवाद व्यक्त गरेको हो । उनी २०८२ पुस १४ गते बुटवल टुडे अनलाइन टिभीको सम्पादकमा नियुक्त भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?