Butwal Today

राप्ती पुलमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते

३ मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

लमही ।

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–६, रामपुर निवासी १९ वर्षीय रोहित सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती पुलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई उपचारका लागि सञ्जीवनी टिचिङ अस्पताल घोराही लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढवा–६ निवासी १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरुङ सामान्य घाइते भएका छन् ।

मृतक सुनारको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?