काठमाडौँ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ६२ अङ्कले बढेर दुई हजार ६२८ दशमलव ६७ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अङ्कले बढेर ४७६ दशमलव ९३ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले बढेर १८२ दशमलव ६९ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अङ्कले बढेर १६१ दशमलव ९२ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर रु तीन अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेका छन् । आज १३८ कम्पनीको शेयर बढ्नुका साथै १३२ कम्पनीको शेयर घटेको छ । त्यसैगरी १० कम्पनीको शेयर स्थिर छन् ।
नेप्सेका अनुसार आज बोटर्लस नेपाल (बालाजु) बोर्टलस नेपाल (तराई) र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एभरेष्ट कलर, प्रभु महालक्ष्मी इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन् ।