Butwal Today

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

३ मंसिर २०८३, बिहीबार
अ
अ+
अ-
काठमाडौँ । 
नेकपा (एमाले) का नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्ने कामको अगुवाइ आफूहरूले गर्नुपर्ने बताएका छन् ।
पार्टीद्वारा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको दोस्रो तथा अन्तिम दिन बन्दसत्रमा प्रशिक्षणमूलक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनःजागरण गराउनुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष ओलीले आउँदो निर्वाचनलाई जित्नका लागि पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले तय गरेको दुई कार्यभार (लोकतान्त्रिक व्यवस्थाको रक्षा र स्थानीय निर्वाचनको तयारी) र १५ कामका आधारमा स्थानीय तहस्तरमा योजना बनाउन निर्देशन दिए। दुई दिने भेलाले समसामयिक प्रस्ताव पारित गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?