© 2026
कतार ।
पोखराको सांगीतिक माटोबाट उदाएको नेपाली संगीतप्रेमीमाझ परिचित नाम लेकाली ब्यान्डको टोली कतार आइपुगेको छ। नेपालीहरूको महान् पर्व बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा गण्डकी प्रदेश समन्वय परिषद् कतारको आयोजना तथा परिषद् कतारमा आवद्व रहेका जिल्ला संस्थाहरूको सह(आयोजनामा हुन लागेको शुभकामना आदानप्रदान तथा बृहत् सांगीतिक कार्यक्रममा प्रस्तुति दिन ब्यान्डको टोली बुधबार दिउँसो कतार आइपुगेको हो।
नेपालबाट आमन्त्रित ब्यान्ड्को टोलीलाई स्वागत गर्न गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष नन्द्लाल बिक,परिषद्का वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन अर्याल लगायत अन्य पदाधिकारीहरु हमद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।बिमानस्थल बाटै ब्यान्डको टोलीले कतारमा रहेका सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा
सरिक भईदिन आग्रह समेत गरेका छन्।
नेपाली मौलिकपन, लोकलय र आधुनिक संगीतको सुन्दर संयोजनमार्फत श्रोताको मन जित्न सफल लेकाली ब्यान्डका ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’, ‘सपनीमा’ र ‘कहाँबाट’ लगायत अन्य दर्जनौं गित ब्यान्डले आफ्ना चर्चित गीतहरूमार्फत कतारमा दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्ने कार्यक्रम कार्यक्रम संयोजक रोशन अर्याल बताउछन् ।
कतारमा रहेका नेपाली श्रमिकहरूको हकहित तथा आपत्कालीन सहयोगका लागि ‘श्रमिक कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कतारमा रहेका कलाकारहरूको सांगीतिक तथा नृत्य प्रस्तुति रहनेछ। साथै, गण्डकी प्रदेशको कला, संस्कृति, भेषभूषा र मौलिकता झल्काउने झाँकीहरू पनि विशेष आकर्षणका रूपमा रहनेछन्। शुक्रबार वकिरस्थित डीपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
पुरानोदेखि नयाँ पुस्तासम्म लोकप्रिय लेकाली ब्यान्डका गीत प्रत्यक्ष सुन्न पाउनु कतारवासी नेपालीका लागि विशेष अवसर बन्ने र ब्यान्डको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई नेपाली गीत,संगीतमय बनाउने
परिषद् कतारको अपेक्षा छ।