Butwal Today

हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

२९ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो ।

कर्णालीका लागि हुसेन तलतले ३३ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित ५१ रन बनाए । यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन जोडे ।

पवन सर्राफले २१ बलमा २ छक्काको मद्दतमा १५ रन बनाए । गुल्सन झाले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै ६ बलमा १ चौका र २ छक्कासहित १८ रन जोडे ।

यस सिजनको पहिलो खेल खेल्दै ओपनिङमा आएका चसिन शर्मा खाता नखोली आउट भए । त्यस्तै, दीपक डुम्रे ७, कप्तान डेभिड मिलर ५, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भए । नन्दन यादव २ रनमा अविजित रहे ।

चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २ विकेट लिए । यस्तै, रिजन ढकाल र कप्तान सिकन्दर राजाले समान १ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?