Butwal Today

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

२९ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएलगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आगामी ५ मंसिरमा पार्टीको चौथो केन्द्रीय कमिटी बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

‘राष्ट्रिय भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको भेला र त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भन्ने भएको छ,’ आचार्यले भने ।

बैठकका एजेण्डा भने अहिलेसम्म तय भइनसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?