Butwal Today

गम्भीर घाइते भएका चौधरीको मृत्यु

२९ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

लमही ।

पेट्रोल छर्केर आगो लगाइँदा गम्भीर घाइते भएका राजपुर गाउँपालिका वडा नम्बर २ बलुवा डाँडा निवासी रूपलाल चौधरीको मृत्यु भएको छ । आइतबार बिहान ५ बजे नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहिले जनाएको छ ।

शनिबार राजपुरमा पेट्रोल छर्केर आगो लगाइएपछि गम्भीर घाइते भएका चौधरीलाई तत्कालै उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो ।

लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगन्जस्थित भेरी अस्पताल रिफर गरिएको थियो ।

घटनामा संलग्न रहेको आशंकामा स्थानीय त्रिलोक सिंह कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?