Butwal Today

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

नयाँदिल्ली ।

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार मणिपुरको उखरुल जिल्लास्थित नेसनल हाइवे–२०२ मा पर्ने न्यु हेभननजिकै दुईवटा सवारीसाधनमाथि आक्रमण भएको हो । उक्त स्थान राज्यको राजधानी इम्फालबाट करिब ८२ किलोमिटर उत्तरपूर्वमा पर्छ ।

प्रहरीका अनुसार दुईवटा सवारीसाधनमा सवार नागा समुदायका नागरिकहरू इम्फालतर्फ जाँदै गर्दा बन्दुकधारीहरूले उनीहरूमाथि गोली प्रहार गरेका थिए । आक्रमणपछि घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

घटनालगत्तै थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरी, सीमा सुरक्षा बल ९बीएसएफ०, भारतीय सेना तथा असम राइफल्सका सुरक्षाकर्मीलाई घटनास्थल र आसपासका क्षेत्रमा खटाइएको छ ।

आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न घटनास्थल तथा आसपासका क्षेत्रमा खोजी अभियानसमेत सञ्चालन गरिएको प्रहरी प्रवक्ताले बताएका छन् ।

घटनापछि थप अप्रिय घटना हुन नदिन सुरक्षा निकायले निगरानी र सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आक्रमणमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?