© 2026
गुल्मी ।
गुल्मी जिल्ला कारागारका कैदीबन्दीले भाइटिका लगाएका छन् । कारागारमा रहेका कैदीबन्दीहरूले यस पटकको तिहारमा पनि शुभ साईतमै आफ्ना दिदीबहिनीको हातबाट भाइटिका लगाएको कारागार प्रमुख मेघप्रसाद पोख्रेलले बताएका छन् ।
कैदीबन्दीहरुले आफ्ना दिदी‐बहिनीको हातबाट टीका लगाएपछि आफ्ना गच्छे अनुसार दक्षिणा दिएका थिए भने दिदीबहिनीहरुले पनि आआफना दाजुभाइलाई मिठा मिठा खानेकुरासँगै उपहार समेत प्रदान गरेका थिए । दाजुभाइ तथा दिदीबहिनी बिचको प्रेम र आत्मीयताको प्रतीक स्वरूप कारागार भित्र रहेर पनि आफ्नै दिदीको हातबाट टीका लगाउन पाउँदा निकै खुसी लागेको गुल्मी कारागारका चौकीदारले बताए ।
गुल्मी कारागारमा कैदीबन्दीहरुले फर्निचर उद्योग, बासका चोयाँबाट मुढा निर्माण, ढाका बुनाई सञ्चालन गर्नुका साथै कुखुरा पालन र तरकारी खेती गरेर आर्थिकोपार्जन गर्दै आइरहेका छन् ।