Butwal Today

सोमबार बिहानैदेखि कालीगण्डकी करिडोर अवरुद्ध

२३ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

तम्घास ।

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हर्मिचौर पूर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्वेनी राक्सेमा सोमबार बिहान सडक माथिबाट सुक्खा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

सडक खुलाउनका लागि जेसिवीको प्रयोग भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउँदै गर्दा पुनः पहिरो खस्ने गरेका कारण सडक खुलाउन समय लागेको प्रहरीको भनाइ छ । बिचमा पुनः पहिरो नखसेमा दुई /तीन घण्टामा पहिरो सफा गरेर सवारी सञ्चालनमा ल्याउन सकिने प्रहरीले अनुमान गरेको छ ।

सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीहरु चल्न सकेका छैनन् भने यात्रुहरु बीचबाटोमै रोकिएका छन् । उक्त स्थानमा धेरै पहिरो झर्ने भएकाले पटक पटक सडक अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?