Butwal Today

सुनचाँदीको मूल्य घट्यो

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

काठमाडौँ ।

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?