Butwal Today

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

 हुम्ला । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४।२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको शर्माले बताए ।

भूकम्पबाट परेको प्रभावबारे भने विवरण प्राप्त हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?