Butwal Today

चिस्यान केन्द्र चलाउन इच्छुक सहकारीलाई २५ लाख अनुदान र निःशुल्क भवन

१९ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

बर्दघाट । बर्दघाट नगरपालिकाका केही बहुउद्देश्यीय सहकारी संस्थाहरू बचत तथा ऋणको कारोबारमा मात्रै सीमित रहेको पाइएपछि नगरप्रमुख शम्भुलाल श्रेष्ठले उनीहरूलाई उत्पादन तथा व्यवसायमूलक क्षेत्रमा जोडिन आग्रह गरेका छन्।

बर्दघाट नगरपालिकाको सहकारी शाखाले आयोजना गरेको सहकारी संस्थाहरूको आर्थिक वर्ष २०८२र०८३ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले बहुउद्देश्यीय सहकारीको उद्देश्यअनुसार उत्पादन, कृषि तथा उद्यमशीलताका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए।

उनले नगरभित्रका किसानले उत्पादन गरेका फलफूल तथा तरकारी संकलन, भण्डारण र बजारीकरणलाई सहज बनाउन चिस्यान केन्द्र ९कोल्ड स्टोर० सञ्चालनमा सहकारीहरूलाई अघि बढ्न आग्रह गरे।

नगरप्रमुख श्रेष्ठका अनुसार चिस्यान केन्द्र निर्माण तथा सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्ने इच्छुक सहकारीलाई नगरपालिकाले २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। साथै, किसानका कृषि उपज संकलन गरी चिस्यान केन्द्र सञ्चालन गर्न सहकारी तयार भए प्रविधिसहितको भवन निःशुल्क उपलब्ध गराउने र २५ लाख रुपैयाँ बीउ पुँजीका रूपमा अनुदान दिने गरी बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

नगरका किसानले उत्पादन गरेका फलफूल तथा तरकारीको उचित भण्डारण र बजारीकरणमार्फत कृषि उत्पादनको मूल्य सुनिश्चित गर्न चिस्यान केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै नगरप्रमुख श्रेष्ठले यस क्षेत्रमा काम गर्न इच्छुक सहकारी संस्थाहरूलाई नगरपालिकामा सम्पर्क गर्न आग्रह गरे।

उनले सहकारी संस्थाहरूले बचत तथा ऋणको कारोबारसँगै उत्पादन र रोजगारी सिर्जना गर्ने गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?