© 2026
बुटवल ।
दीपावलीलाई केन्द्रित गरेर शुक्रवारदेखि बुटवलमा दीपावली सडक खाना महोत्सवको तयारी चलिरहँदा बुटवलमै अर्को खाना महोत्सव हुने भएको छ । होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आयोजनामा माघको दोस्रो हप्ता देवीनगरस्थित रङ्गशालामा पाँच दिने बुटवल खाना महोत्सव हुने भएको हो ।
नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सृजना गर्ने उद्देश्यसहित बुटवल खाना महोत्सव २०८३ हुने आयोजकले जनाएको छ ।
सङ्घका अध्यक्ष माधवकुमार खनालका अनुसार बुधवार सङ्घको बैठकबाट मङ्सिर ११ देखि १५ गतेसम्म पाँच दिनसम्म महोत्सव गर्ने निर्णय भएको छ ।
अध्यक्ष खनालको संयोजकत्वमा मूल समारोह समिति, निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी स्टल अनुगमन तथा निरीक्षण, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे विद्युत जडान तथा व्यवस्थापन, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा स्वागत सत्कार, सांस्कृतिक, मञ्च गठन सजावट उपसमिति गठन भएको छ ।
यसै गरी प्रथम उपाध्यक्ष थम्मन भण्डारी स्टल निमार्ण, साउन्ड तथा सुरक्षा व्यवस्थापन, द्धितिय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई स्टल बुकिङ वितरण व्यवस्थापन, तृतीय उपाध्यक्ष रामबहादुर न्यौपाने मञ्च तथा सचिवालय निमार्ण, महासचिव केशवराज कँडेल सदस्य, सचिवमुल समारोह समिति, कोषाध्यक्ष अर्जुन पोखरेल आर्थिक समन्वय तथा खाना, आवास व्यवस्थापन, सचिव तुल्सीराम पराजुली संघसंस्था समन्वय तथा पत्राचार, सहसचिव डिल्लीराम अर्याल छपाई तथा पुरस्कार वितरण, सह कोषाध्यक्ष खुमराज ज्ञवाली सामग्री खरिद तथा बजार व्यवस्थापन, सदस्य एकदेव पाण्डे जनचेतना रयाली तथा मञ्च व्यवस्थापन उपसमिति गठन भएको छ ।
अध्यक्ष खनालले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिने गरि सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुने छ । जहाँ राष्ट्रिय, स्थानीय कलाकारको प्रस्तुतिका साथै विभिन्न मनोरञ्जनात्मक स्टलहरू रहनेछन् ।