© 2026
काठमाडौँ ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ७२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ६५० निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८० हजार ३०० र चाँदी रु तीन हजार ८२५ मा कारोबार भएको थियो ।