Butwal Today

जम्मु–कश्मीरका मुख्यमन्त्रीको पूर्वपत्रकार निधिसँग विवाह

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौं । जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पूर्वपत्रकार निधि राजदानसँग विवाह गरेका छन्। उमरले शनिबार सामाजिक सञ्जालमा निधिसँगका दुई तस्बिर सार्वजनिक गर्दै ‘हिजो नयाँ सुरुवात भयो, निधि’ लेखेका छन्। उनले पोस्टमा औँठीको इमोजीसमेत राखेका छन्।्

त्यस्तै, निधिले पनि सामाजिक सञ्जालमा औँठीको इमोजीसहित ‘इट्स डन ब्रो’ लेखेकी छन्। उनीहरूका पोस्टपछि विवाह र इन्गेजमेन्टबारे सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ।उमरले यसै वर्ष जुलाई ३१ मा आफ्नी पहिलो श्रीमती पायलसँग सम्बन्धविच्छेद गरेका थिए। सर्वोच्च अदालतले उनीहरूलाई सम्बन्धविच्छेदको अनुमति दिएको थियो। उमर र पायलबीच ३२ वर्षअघि विवाह भएको थियो। उनीहरू सन् २०११ देखि छुट्टाछुट्टै बस्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?