Butwal Today

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा छाड्न आदेश

११ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौँ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश हरिसिंह धामीको एकल इजलासले बधुबार उनीहरूलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनीहरू बुधबार बिहान ९ बजे मात्र अदालतमा आफै उपस्थित भएका थिए।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो। मुद्दा दायर भएपछि उनीहरू फरार रहेका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अध्यक्ष नेम्वाङ, महासचिव राईसँगै कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो।

जोशी र पाण्डे पक्राउ परेर पनि धरौटीमा छुटिसकेका छन्। जोशीसँग १५ लाख र पाण्डेसँग १२ लाख धरौटीमा छुटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?