© 2026
चन्द्रौटा ।
कपिलवस्तुमा पैदलयात्री ६३ वर्षीया जलिया थारूको मृत्यु भएको छ । बाणगंगा नगरपालिका-३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट उनी घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ११ गते बिहान ०८ : ५५ बजे वाणगंगा नगरपालिका-१ बस्ने ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्री वाणगंगा नगरपालिका-४, गजेहडा बस्ने जलिया थारूलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी थारूको बिहान १०:१० बजे उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।