Butwal Today

एनपीएल : चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।

चितवनका लागि मलानले सर्वाधिक ७० रन बनाए । उनले ५१ बलको सामना गर्दै ५ छक्का र ५ चौका प्रहार गरे । यो जारी एनपीएलको पहिलो अर्धशतक हो । मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए । देव १५ बलमा १२ रन बनाएर आउट भए ।

विराटनगरका चरिथ असलंकाले पहिलो विकेट लिएका थिए । विकेटकिपर ब्याटर अर्जुन साउद ९ बलमा ३ रन बनाएर पभेलियन फर्किए । उनी ११औँ ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजको बलमा कप्तान सन्दीप लामिछानेबाट क्याचआउट भए ।

१३औँ ओभरको दोस्रो बलमा आन्द्रे रसेलले मलानलाई आउट गरेपछि चितवनको ब्याटिङ सम्हाल्ने जिम्मेवारी रवि बोपारा र डान मोस्लीले लिए । यी दुईले तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे ।

रवि ३२ रन र डान २९ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?