© 2026
पाल्पा । बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटरमा सवार गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक निवासी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।
उनका अनुसार आज साँझ गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ निवासी ३६ वर्षीया केशरी कुँवर र पछाडी सवार माया कुँवर घाइते भएका थिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो । उपचारका क्रममा मायाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।
स्कुटर चालक केशरी कुँवरको अवस्था सामान्य रहेको छ । दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।