Butwal Today

पाल्पा छहरामा अटो दुर्घटना

९ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

पाल्पा ।

पाल्पाको रैनादेवी छहरा गाउपालिकाको वल्घामा अटो दुर्घटना हुदा ६ जना घाइते भएका छन् । वल्घा देखि कटौजे तर्फ जादै गरेको अटो सडक बाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कच्ची सडक, सिट क्षमता भन्दा बढि यात्रु राख्दा अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । अटोमा सवार मध्य ३८ वर्षिय स्थानिय यमकला खम्चाको अवस्था गंभिर रहेकोे प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।

कटौजेमा सराय नाच भएका कारण अटोमा सिट क्षमता भन्दा बढि यात्रु थिए । ग्रामिण सडकहरुमा प्रहरीको दृष्टि नपुग्ने भएकाले सार्वजनिक यातायातको रुपमा संचालित अटोले सिट क्षमता भन्दा बढि यात्रु बोक्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?