Butwal Today

बमजस्तो देखिने संकास्पद वस्तु फेला

९ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-
सल्यान ।
सल्यानको त्रिवेणी गाउँपालिकामा सकेट बमजस्तो देखिने एक थान वस्तु फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ३ पिमखोलास्थित रिठाबोट टोलनजिकै बस्तीभन्दा माथि झाडीमा उक्त वस्तु फेला परेको हो ।
स्थानीयवासीले घाँस काट्ने क्रममा बाँसको झ्याङनजिकै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ नेपाली सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए ।
डीएसपी पातलीका अनुसार उक्त वस्तु सकेट बम हो वा अन्य कुनै वस्तु हो भन्नेबारे यकिन भइसकेको छैन । “बस्तीभन्दा माथि एक थान सकेट बमजस्तो देखिने वस्तु फेला परेको जानकारी आएको छ । सेना र हाम्रो टोली त्यहाँ पुगिसकेको छ । बम नै हो या अरू कुनै वस्तु हो भनेर सेनाले भेरिफाइ गर्दैछ,” उनले भने ।
उक्त वस्तु बम भए नभएको यकिन गर्ने काम भइरहेको र बम नै पुष्टि भएमा सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?